चितुवा मार्नका लागि सेना र प्रहरीको विशेष टोली परिचालन,३२ जनाको हतियार सहितको टोली

ZEN Travels

अर्घाखाँची,
३१ भदौं ।अर्घाखाँचीमा पछिल्लो तीन वर्षमा नरभक्षी चितुवाले ८ जनाको ज्यान लिएको छ। पटक पटक चितुवाको आक्रमण परेपछि यहाँका बासिन्दा अत्यन्तै त्रसित बनेका छन्। दिउँसै चितुवाले आक्रमण गर्न थालेपछि अहिले वालवालिकालाइ विद्यालय पठाउन पनि अभिभावकले छाडेका छन। स्थानीय त्रसित बनेपछि चितुवा मार्न हतियार सहति सेना र प्रहरी परिचालन गरिएको छ।

जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमण नरोकिएर चितुवा आतङ्कले जिल्लावासी त्रसित भएपछि चितुवा मार्न सेना र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले बताए।

चितुवावाट सुरक्षाको प्रत्याभूति दिलाउन असफल भएको आरोप खेपिरहेको प्रहरी प्रशासनले विहिबारदेखि चितुवा मार्नका लागि सेना र प्रहरीको विशेष टोली परिचालन गरेको छ। जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक प्रदीप डिसीको नेतृत्वमा ३२ जनाको हतियार सहितको टोली खटाइएको छ। आजको अन्नपुर्णमा खबर छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला