झापाको कन्काई नगरपालिकामा अज्ञात रोगका कारण दुई जनाको मृत्यु,सात जना सिकिस्त

ZEN Travels

झापा  १५ असोज ।

झापाको कन्काई ४ टेक्रामा अज्ञात रोगका कारण दुई जनाको मृत्यु भएको छ । अन्य सात जना सिकिस्त छन् ।

मृत्यु हुनेमा २३ वर्षीय नारायण ऋषिदेव र २४ वर्षीय वसन्ती ऋषिदेव छन् । बिरामी परेका अन्यलाई आइतबार दिउँसो कन्काई नगरका मेयर राजेन्द्र पोखरेलसहितको टोलीले भद्रपुरस्थित मेची अञ्चल अस्पताल पुर्‍याएको छ ।

मेयर पोखरेलका अनुसार अधिकांशमा टाउको दुख्ने, ज्वरो आउने र रगतसहितको वान्ता आउने समस्या देखापरेको छ । दशैंका बेला रोग फैलिएपछि स्थानीय बासिन्दा चिन्तामा छन् ।
रोगका कारण नारायणको पाँच दिनअघि तथा वसन्तीको गएराति ज्यान गएको हो । जिल्ला जनस्वास्थ्य प्रमुख मधुसुदन कोइराला भने सम्पर्क भन्दा बाहिर रहनु भएको जनाइएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला