सापडाँडा बस दुर्घटना (अपडेट) : ८ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, ३७ को बुटवलमा उपचार हुँदै

ZEN Travels

अर्घाखाँची, २० असोज ।

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर ३ सापडाँडामा भएको बस दुर्घटनाका गम्भीर घाइते आठ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । काठमाडौं पठाइएका धाइतेमा ५० वर्षीया गोमा बस्याल र शान्ता भुसाल, मालारानी गाउँपालिका २ का २१ वर्षीय उमेश कुवँर, ३८ वर्षीया यमकला भुसाल, तिलोतमा नगरपालिका–३ की ६७ वर्षीया भविकला भट्टराई, मालारानी–३ का १८ वर्षीय भानुभक्त आचार्य, ३१ वर्षीया इन्दिरा आचार्य खनाल र गुल्मी जिल्ला धुर्कोटका शोभे सार्की रहेका छन् ।

 

टाउकोमा चोट लागेका घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंको टिचिङ अस्पताल रेफर गरिएको प्रमुख जिल्ला अधिकारी पखमराज भुसालले बताउनुभयो । बस दुर्घटनाका ३७ जना घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ । २ जना सामान्य उपचारपछि घर फर्केका छन् । बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमा ज्यान गएको छ । ज्यान जानेहरुमा गुल्मीको धुर्कोट गाउँपालिका–१ का ४६ वर्षीया सुन्तली विक र अर्घाखाँचीको मालारानी गाउँपालिका–३ का ९ वर्षीय अभिनय आचार्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले बताउनुभयो ।

 

डाँडकटेरीबाट बुटवलका लागि छुटेको लु १ ख ७५७८ नम्बरको बस सडकबाट ६० मिटर तल खसेको छ । बसमा ओभरलोड भएको र बाटो भासिदाँ दुर्घटना भएको हुन सक्ने प्रारम्भीक अनुमान प्रहरीले गरेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला