पुरुषहरूले छाती देखाएर हिँड्न मिल्ने तर महिलाले किन नमिल्ने ?

ZEN Travels

२२ असोज ।

प्रत्येक वर्षको अगस्ट महिनामा सञ्चालन हुने गो टपलेस डेमा यस वर्ष पनि पुरानै माग दोहोरिएको छ । गत शनिबार आफ्नो १० औं वार्षिकोत्सव मनाउने क्रममा पुरुषहरूले छाती देखाएर हिँड्न मिल्ने तर महिलाले त्यो अधिकार किन नपाउने भन्ने प्रश्नलाई उनीहरूले दोहोर्‍याए ।

नेभाडास्थित गो टपलेस संस्थाले आयोजना गर्ने यो प्रदर्शनको उद्देश्य अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प यो नीतिप्रति लचिलो हुन् भन्ने पनि थियो । न्युयोर्क सहरले सन् १९९२ मै महिलालाई छाती खुला गरेर हिँड्न मिल्ने अधिकार दिइसकेको छ भने अमेरिकाका धेरै सहरले महिलालाई पनि पुरुषले जस्तै छाती खुला गरेर हिँड्ने अधिकार दिइसकेका छन्, यद्यपि उथाह, टेनिसी र इन्डियाना राज्यमा त्यस्तो कार्य प्रतिबन्धित नै छ । एजेन्सी

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला