चाउचाउ बनाउने मेसिनमा बेरिएर कपिलबस्तुमा एक मजदुरको मृत्यु

ZEN Travels

कपिलबस्तु, ३० असोज ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–६,गोबरीस्थित क्यापिटल फुड प्रालिको चाउचाउ बनाउने मेसिनमा बेरिएर एक जना मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा थुमुवा गाउँका १७ बर्षे सुरेश भुज छन् । बत्ती गएको समयमा गएराति मेसिन सफाई गरिरहेका बेला एक्कासी मेसिन चलेपछि भुज बेरिएको प्रहरीले जनाएको छ ।

केही महिनाअघि मात्र सञ्चालनमा आएको चाउचाउ उत्पादन गर्ने सो उद्योगमा करिब १ सय २० जना कामदार छन् ।

घटनापछि उद्योगका म्यानेजर कृष्ण बुढाथोकी, सुरक्षा गार्डसहित सबै कर्मचारी फरार भएका छन ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भोजजंग शाहले जानकारी दिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला