भन्सार छली गरी नेपालगन्ज भित्राइएका ३० लाखको सामान बरामद

ZEN Travels

बाँके ,१२ कार्तिक ।

संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जले भन्सार छलि गरी नेपालगन्ज भित्राइएको ३० लाख रुपैयाँ बराबरको मेसिनरी सामान बरामद गरेको छ ।

युपी ३६ टी ७३०७ नम्बरको भारतीय ट्रकमा भन्सार छली गरी नेपालगञ्ज ल्याइँदै गरेको सुचनाको आधारमा प्रहरीले करिब ३० लाख रुपैयाँ पर्ने मेसिन र त्यसमा प्रयोग हुने सामग्री बरामद गरेको हो । संघीय प्रहरी इकाई कार्यालय नेपालगञ्जका प्रमुख एसएसपी महेशबिक्रम शाहले सवारीसाधन र चालकलाई नियन्त्रणमा लिइएको बताउनुभयो ।

भन्सारबाट नेपालगन्ज तर्फ आउँदै गर्दा प्रहरीले महेन्द्र बहुमुखी क्याम्पस नजिकै ट्रक नियन्त्रणमा लिएको थियो । दुर्गेश्वरी ईलेक्ट्रीकल्स नेपालगन्जको नाममा आएको सामाग्री कसको हो भन्ने विषयमा केही नखुलेको शाहले बताउनुभयो ।

प्रहरीले ट्रकसहित चालक भारत उन्नाउ ग्राम मोहीभान थाना बस्ने बिरेन्द्र कुमार पाल र सहचालक नरेन्द्र सिंहलाई समेत पक्राउ गरेको छ ।

भारतीय कागजात भएपनि नेपालगन्ज भन्सार कार्यालयमा भन्सार नै नगराई आएको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस बारेमा नेपालगन्ज भन्सार कार्यालयले भने यसबारेमा कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला