नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु मितेरी सम्बन्धमा  , नयाँ सन्देश

ZEN Travels

काभ्रे, कात्तिक १३ ।

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले एक आपसमा मितेरी सम्बन्ध कायम गरेर नयाँ सन्देश दिएका छन् ।

मितेरी कार्यक्रमको सुरुवात बाणिज्य मन्त्री एवम् नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले कांग्रेस काभ्रेका प्रशिक्षण शाखाका प्रमुख महेश पौडेलसँग टिका आदानप्रदान गरेर गर्नुभएको छ ।

नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्यले दलित नेता रामी घतानीसँग मित लगाउनुभएको छ । कार्यक्रममा  नेपाली कांग्रेस दलित शाखा प्रमुख दिनेश भुर्तेलले दलित नेता उस्पर सुनार, नेविसंघका जिल्ला सचिब दिलिप आचार्यले नेविसंघका केन्द्रीय उपाध्यक्ष प्रकाश नेपाली, नेपाल महिला संघकी अध्यक्ष शुभलक्ष्मी मानन्धरले सुस्मिता परियारसँग, बाणिज्य मन्त्रिका स्वकीय सचिव टेकबहादुर विश्वकर्माले राजकुमार उप्रेतीसँग मितेरी सम्बन्ध जोड्नुभएको थियो ।

कार्यक्रममा २१ जोडीले मितेरी सम्बन्ध गाँसेका थिए । मितेरी सम्बन्धपछि सबै सहभागीहरुलाई मितेरी भोज समेत खुवाइएको दलित शाखाका शिरु बिश्वकर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा मन्त्री मीन विश्वकर्माले कम्युनिष्टहरु जादुगर भएको बताउनु भयो । उहाँले जादुगरले खुट्टा दुखेको छाती दुखेको, टाउको दुखेको एउटै औषधी भन्दै खाली पानी बेचे झैं हरेक चुनावमा सपना बाँड्दै हिडेकोले सचेत हुन आग्रह गर्नुभयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला