कांग्रेसले चुनाव जित्नै पर्छः महामन्त्री डा. कोइराला

ZEN Travels

नवलपरासी, १८ कात्तिक ।

नेपाली कांग्रेसका महामन्त्री डा शंशाक कोइरालाले नेपाली कांग्रेसले जुनसुकै हालतमा पनि आसन्न प्रतिनिधि र प्रदेश सभाको चुनाव जित्नुपर्ने टिप्पणी गर्नुभएको छ ।

बर्दघाट सुस्ता पूर्वको नवलपुर को निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा उठेका महामन्त्री कोइरालाले आज गैँडाकोटमा आयोजीत चुनाव लक्षीत चियापान कार्यक्रममा बोल्दै जुनसुकै अवस्थामा पनि कांग्रेसले जित्नुपर्ने बताउनु भयो ।

तेस्रो पटक सोहि क्षेत्रबाट चुनावमा उठेका कोइरालाले बाम गठबन्धनले दुई तिहाई मत ल्याएर संविधान परिवर्तन गर्न एक भएको आरोप पनि लगाउनु भएको छ । नेपाली कांग्रेसको सरकारले संविधान ल्याएको र यसको कार्यन्वयका गर्न र संविधानलाई बचाउन पनि कांग्रसले चुनाव जित्नै पर्ने उहाँको तर्क थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला