वाम गठबन्धनका कारण कांग्रेस अतालियोः महरा

ZEN Travels

बाँके ,२१ कार्तिक ।

नेकपा माओवादी केन्द्रका नेता एवं मन्त्री कृष्णबहादुर महराले वाम गठबन्धनका कारण नेपाली कांग्रेस अतालिएको बताउनु भएको छ । उहाँले एमाले तथा माओवदी केन्द्रका नेता कार्यकर्तालाई निर्वाचनमा कटिबद्ध भएर लाग्न निर्देशन दिँदै निर्वाचन भाँड्नका लागि आन्तरीक तथा बाह्य शक्ति केन्द्रहरु लागिपरेको बताउनु भयो ।

नेपालगन्जमा संयुक्त वाम गठबन्धन भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘मजबुत पार्टी एकताका लागि जनताहरु अघि बढिसकेकाले आन्तरिक एकता कायम गरी अघि बढ्नुको विकल्प नरहेको उहाँले उल्लेख गर्नुभयो । मन्त्री महराले बैदेशिक एकताले देशको विकास नहुने भन्दै अब आन्तरीक एकताबाट मात्रै देश बिकास गर्नु पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी आन्तरीक एकता कायम गरी अघि बढेका छौँ । राज्यसत्तामा पहुँच बढाउँदै समाजवादको यात्रा पुरा गर्ने दिशामा अघि बढ्नका लागि वाम एकता गरिएको र यसलाई पार्टी एकिकरणको दिशामा लैजान हामी लागिपरेका छौँ । मन्त्री महराले मुलुकको विकासका लागि स्थीर सरकार, आर्थिक वृद्धि र बैदेशिक हस्तक्षेपको अन्त्यका लागि पार्टी एकताको विकल्प नभएको बताउनु भयो ।

‘जनताका अपेक्षालाई सम्बोधन गर्नका लागि अहिले वाम गठबन्धन गरिएको र यसलाई एकीकरणको दिशामा लैजाने अभ्यासका रुपमा हामी अघि बढिरहेका छौँ,’ मन्त्री महराले भन्नुभयो, ‘पार्टीभित्र र दुई पार्टीका बीचमा रहेका मतभेदहरुलाई हटाउँदै निर्वाचनको महाअभियानलाई सार्थक बनाउन केन्द्रदेखि गाउँस्तरसम्म एकता कायम गरेका छौँ ।’

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला