छापाखानामा निर्वाचन प्रचार सामग्री छाप्नेको घुईंचो

ZEN Travels

ताप्लेजुङ,२३ कात्तिक  ।

ताप्लेजुङका विभिन्न छापाखानामा निर्वाचन प्रचार सामग्री छाप्नेको घुइँचो लाग्न थालेको छ ।

पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागी प्रचार प्रसार सामग्री तयार पार्ने र छाप्नेको घुईचो लागेको हो ।

राजनीतिक दलको चुनाव चिन्ह अंकित झण्डा, नमुना मतपत्र, स्वस्तिक छापदेखि अन्य प्रचार सामग्री बनाउने कामले फुर्सद नभएको स्थानीय प्रेस सञ्चालकहरु बताउँछन् ।

उम्मेदवार तथा राजनीतिक दलले गाउँ–गाउँसम्म व्यक्तिगत र पार्टीगत प्रचारात्मक सामग्री छपाएर लैजाने गरेका छन् ।

बाहिरी जिल्लाबाट छपाएर ल्याउन ढुवानी महँगो पर्ने भएकाले र गाउँ-गाउँमा छपाउने स्थान नभएकाले सदरमुकामका छापाखानामा सबै राजनीतिक दलहरु प्रचार सामग्रि छाप्न केन्द्रित भएका हुन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला