नवलपरासीमा स्कुल बस दुर्घटना, ४ जना गम्भीर घाइते, ४७ जनाको उद्धार

ZEN Travels

नवलपरासी २४ कार्तिक ।

चितवनबाट नवलपरासी हुँदै लुम्बिनी भ्रमणमा हिंडेको स्कुल बस नवलपरासीको रामग्राम नगरपालिकास्थित सुक्रौलीमा दुर्घटना भएको छ । शुक्रबार बिहान साढे आठ बजेतिर भरतपुर महानगरपालिकास्थित देवज्योती निमाविका विद्यार्थी सवार ग १ ख ३१८९ नम्बरको बस दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन् । अन्य ४७ जना सामान्य घाइते भएका छन् ।

गम्भीर घाइते ४ जनाको चितवनस्थित भरतपुर अस्पतालमा लगिएको र अन्यको नवलपारासीस्थ्ति जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पिक्निक हिंडेका विद्यार्थी चढेको बस सडक छेउमा रहेको पोखरीमा पल्टीएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसको आधाभन्दाबढी भाग पोखरीमा डुबेको थियो भने बसभित्रका विद्यार्थीलाई स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला