यसरी बन्दैछ रक्सौलअमलेखगञ्ज पेट्रोलियम पाइप लाइन

ZEN Travels

बारा । सरकारले सैद्धान्तिक स्वीकृति दिएको वर्षौँपछि रक्सौल–अमलेखगञ्ज पाइपलाइन निर्माणकार्य अगाडि बढेको छ । नेपालमा पेट्रोलियम पदार्थ आयात गरिने प्रमुख नाकाको रुपमा रहेको भारतको रक्सौलदेखि अमलेखगन्जसम्म पाइप लाइन निर्माण गर्न बाराको सिमरामा कार्यालयको स्थापना गरी काम अगाडि बढेको हो

पाइप लाइन निर्माण गर्न टेन्डर

रक्सौल–अमलेखगञ्ज पाइपलाइन निर्माणको स्थलगत अनुगमन गर्न बारा आइपुगेका नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले आयोजनाको निर्माणका लागि आवश्यक समाग्रीका किन्न टेन्डर भइसकेको जानकारी दिए ।

भारतीय कम्पनीले निर्माण गर्ने यस आयोजनाका लागि लगभग सबै तयारी पुरा भइसकेको जानकारी दिदै उनले केही सयम भित्र काम सुरु हुने बताएका छन् ।

प्रवक्ता गोइतले आयोजनाको काम समयमै सम्पन्न गर्न यस कार्यक्रममा आउने समस्या समाधान गरेर अघि बढ्न सम्बन्धित निकायबाट सहयोग आवश्यक रहेको समेत बताएका छन् ।

रक्सौलको बस्ती मोतिहारी सारिँदै

वातावरणीय प्रभाव मूल्यांकन (इआए) मा रक्सौलमा पर्ने बस्ती मेतिहारीमा सार्ने तयारी भरतिय पक्छेले सुरु गरिसकेको र मेतिहारीदेखि अमलेखगञ्जसम्म ७० किलोमिटर र रक्सौलदेखि अमलेखगन्जसम्म ३६.२ किलेमिटर पर्ने प्रवक्ता गोइतले बताएका छन् ।

पथलैया र अम्लेखगञ्जबीचमा पर्ने आरक्षको वनमा निर्माण अनुमति दिन वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट वातावरण मन्त्रालयमा बुझाइसकिएको जानकारी उनले दिएका छन् । रिर्पोट वातावरण मन्त्रालयबाट वन मन्त्रालयमा पुगेपछि त्यहाँको निर्णय अनुसार काम अगाडि बढाउने प्रवक्ता गोइतले बताएका छन् ।

३ अर्ब लागतमा बन्ने

भारतीय आयल निगमको ७० प्रतिशत र नेपाल आयल निगमको ३० प्रतिशतसहित जम्मा तीन सय करोड भारतीय रुपैयाँ लागतमा यो आयोजनाको काम थाल्न लागिएको हो ।

नेपाली भूभागको ३६.२ किलोमिटर क्षेत्रफलमा पर्ने यो पाइपलाइन वीरगन्जको शंकाराचार्य गेटबाट नेपालको सडकमा जोडिने आयोजनाका मेकानिकल इन्जिनियर सरोजप्रसाद पौडेलले जानकारी दिए ।

वीरगन्जको शंकाराचार्य गेटदेखि रजतजयन्ती चोक सम्म सडकको केन्द्रबाट २२÷२३ मिटर भित्र पर्ने गरी सडकको पुर्वतर्फ र त्यसपछि गण्डक नहरसम्म सडकको पश्चिमतर्फ पाइप लाइन राख्ने निर्णय भएको छ ।

त्यसपछि गण्डक नहरबाट ६ लेन सडकम जोडिएपछि सडकको केन्द्रबाट पश्चिममा पर्ने गरी १४.२५ मिटरमा पाइपलाइन राख्ने नक्सांकन भएको इन्जिनियर पौडेलले बताए ।

पाइप लाइन नहुँदा करोडौँ गुम्दै

राजधानीको विकल्पका यस अमलेखगन्ज डिपोमा अहिले भारतको रक्सौल र बरौनीबाट पेट्रोलियप पदार्थ आयात गरिरहेको छ । ढुवानीमा धेरै समस्या खेपिरहेको क्षेत्रिय डिपो अमलेखगन्जले अहिले चुहावटको समस्यालाई समाधान गर्न ट्रयांकरमा आधुनिक पद्दतिको विकास गरी ढुवानी गरिरहेकाले चुहावटको समस्या समाधान हुने देखिएको छ ।

अहिले रक्सौल–अमलेखगन्ज रुटमा लगभग एक सय ५० को हाराहारीमा टयांकर सञ्चालनमा छन् । यसबाट आयल निगमले वार्षिक करिब २७ करोड रुपैयाँ भन्दा बढी ढुवानी खर्च बेहोरिरहेको छ ।

अुनगमन टोलीमा भारतीय आयल निगमका पाइप लाइन निर्देशक अनिस अग्रवाल, सिजिएम प्रमोद नारांग र एसएस बोस, नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुशील भट्टराई, अपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटा र प्रवक्ता गोइत सहभागी थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला