कांग्रेस नेता रामशरण महतलाई लक्षित गरी बम प्रहार, ६ जना घाइते

ZEN Travels

नुवाकोट, १ मंसिर  ।

कांग्रेस नेता डा. रामशरण महतलाई लक्षित गरी बम प्रहार भएको छ ।

                                            

नुवाकोटको चतुरालेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न काठमाडौंबाट नुवाकोट जाँदै गर्दा डाडागाउँ शिकारी चौरमा महतसहितका उम्मेदवारलाई लक्षित गरी बम प्रहार गरिएको हो । बम आक्रमणबाट ६ जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् ।

बिहान १० बजेर १० मिनेट जाँदा गराइएको विष्फोटमा परी कार्यकर्ता चढेको एउटा गाडी ध्वस्त भएको छ । डा. महत भने सकुशल छन् ।

नेकपा विप्लवको नाममा अरुले नै आफूलाई लक्षित गरी बम प्रहार गरेको डा. महतले प्रतिक्रिया दिएका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला