मधेसी गठबन्धनबाट मधेसको अधिकार सुनिश्चित हुनेः पूर्व सांसद रमेश कुर्मी

ZEN Travels

बीरगंज,  ४ मंसिर ।
राजपा फोरम गठबन्धन पर्सा क्षेत्र नं. २ को (ख) प्रदेश सभा सदस्यका उम्मेदवार रमेश कुर्मीले आज बीरगंज महानगरपालिका वडा नं.२५ भन्सार श्रीर्सियामा घरदैलो गरेका छन् ।

पुर्व सभासद समेत रहेका कुर्मीले मधेसी गठबन्धनबाट मात्र मधेसको अधिकार सुनिश्चित हुने बताउनु भयो ।

मधेसी जनताको भावनालाई कदर गर्दै निर्माण भएको पवित्र गठबन्धनलाई जनताको पूर्ण आर्शिवाद रहेको बताउदै प्रदेश नं. २ मा गठबन्धनकै सरकार बन्ने ठोकुवा गरेका छन् ।

घरदैलो कार्यक्रममा राजपाका नेताहरु रमाकान्त पटेल, शकल हजरा, सुशिल पटेल, महम्मद असलम, हनुमान साह, वकिल पटेल, गुड्डू पटेल लगायतको सहभागिता रहेको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला