कम्युनिष्ट शासन आए जनताले अन्याय भयो भन्नै पाउँदैनन्ः देउवा

ZEN Travels

रुकुम ,०७ मंसिर ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा कम्युनिष्ट शासन आए जनताले अन्याय भयो भनेर भन्न नपाउने बताए ।

नेपाली कांग्रेस पश्चिम रुकुमले आयोजना गरेको चुनावी सभामा प्रधानमन्त्री देउवाले संसारबाटै कम्युनिष्ट शासन हराउँदै गएकोे ठोकुवा गरे । रुसको माक्सवाद र लेलिनवादी सिद्धान्त र चीनको कम्युनिष्ट शासन प्रणालीमा कम्युनिष्ट सिद्धान्त हराएकाले कुनैपनि देशमा कम्युनिष्ट शासन नआउने दावी गरे ।

नेपाली कांग्रेस संधै जनताको पक्षमा रहेकाले पजातन्त्रहुँदै लोकतन्त्रमा आइपुग्दा कांग्रेसले जनतालाई मालिक ठान्ने गरेको देउवाले दावी गरे । जनतालाई अधिनायकवाद रोज्ने की लोकतन्त्र रोज्ने भन्ने कुराको जिम्मेवारी अब जनताले नै विचार गर्नुपर्ने बताए ।

फरक प्रसंगमा प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘एमाले अध्यक्ष केपी ओलीले चुनाव सकिएको भोली पल्टसम्म प्रधानमन्त्रीले चुनाव सार्दैछन् भन्ने कुरा जनतालाई भन्नेछन् ।’ देउवाले ओलीलाई सही ढंगले बोल्ने शैली समेत ठिक नभएकोे बताए ।

प्रधानमन्त्री देउवाले मंसिर १० गते हुनेप्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जनतालाई निर्धक्क भएर भोट हाल्न आग्रह गरे । निर्वाचनको समयमा निर्वाचन विरोधी गतिविधि गर्ने जो कसैलाई पनि नछाडी कडा कार्बाही गरिने प्रधानमन्त्रीले भनाई छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला