मिथिलामा धुमधामका साथ मनाइदै विवाह पञ्चमी (फोटो फिचर)

ZEN Travels

धनुषा , ०७ मंसिर ।

त्रेता युगमा अयोध्याका राजकुमार भगवान राम र मिथिलाकी राजकुमारी सीताको विवाह भएको स्मरणमा धनुषाको मिथिला क्षेत्रमा बिहीबार विवाह पञ्चमी महोत्सव मनाएको छ ।

प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मिथिला नगरीमा विवाह पञ्चमी महोत्सवको आयोजना हुँदै आएको छ । महोत्सवमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानहरुबाट लाखौ श्रद्धालुहरु भक्तजनहरु आएका छन् ।

मिथिलाको विधिविधान अनुसार हुने रामजानकी विवाह महोत्सवको अवलोकन गर्न प्रत्येक वर्ष लाखौको संख्यामा तीर्थालुहरु जनकपुर आउने गर्दछन् । रामजानकीको डोला हेर्न बाह्रविघा मैदानमा श्रद्धालुहरुको घुईचो लाग्ने गर्दछ । त्रेता युगमा राम सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा भएकोले राम जानकीको डोलालाई जनकपुरमा स्वंम्बर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन हाल पनि कायमै रहेको छ ।

बिहीबार साधुशन्तको अगुवाइमा झाँकी किर्तण सहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर ऐतिहासिक रंगभूमि मैदानमा बाह्र विघा पुगेको थियो । दुवै डोला बाह्र विघामा पुगेपछि मिलन भई मालाफेर गर्दै रामसीताको स्वयमम्बर कार्यक्रम गरिएको छ । रामजानकीको डोलासहित नगर परिक्रमा गर्दै जानकी मन्दिरमा साँझ प्रवेश गरेपछि राति रामजानकीको विवाहको कार्यक्रम हुने गर्दछ ।

डोला राम जानकी मन्दिरबाट निस्केपछि डोला हेर्न श्रद्धालुहरुको भीड लाग्ने गर्छ । बैबाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरी भगवान रामका बुबा अर्थात राजादशरथका रुपमा भूमिकामा छन् हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव छोरी पक्षको नेर्तत्व गर्दै सीताको बुबा राजा जनकको भूमिकामा हुन्छन् ।सप्ताह व्यापी रुपमा मनाइने रामजानकी विहपञ्चमी महोत्सव, धनुषा यज्ञ, तिल्कोत्सव, मटकोर तथा पूजा कार्यक्रम सम्पन्न भईसकेको छ ।

रामाजानकीको विवाह पश्चात शुक्रवार रामकलेवा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले जानकारी दिए । महोत्सवमा आएका श्रद्धालुहरु विभिन्न स्थानहरुमा आयोजन भएको संस्कृतिक कार्यक्रममा सहभागि हुँदै रमाउने गर्दछन् ।

यसमा बालबालिकालाई ,राम, सीता, लक्ष्मण बनाई नाटक प्रदर्शन, झाकी ,नाचागान,भजनकिर्तन र भग्वानको रुपमा पूजाआजा समेत गन्छि ।सामाजिक संंघसंस्थाहरुले मेलामा आउने तिर्थालुको सेवाका लागि विभिन्न ठाउँमा शिविर तथा बासको व्यवस्था गरी तिर्थालुहरुलाई स्वागत गर्न जुटाछन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला