भोट माग्न पुगेका काँग्रेसका उम्मेदवारले सुत्केरीको ज्यान बचाए

ZEN Travels

रुकुम, ७ मंसिर  ।

सुत्केरी बेथाले घरमै ग्रस्त पश्चिमकी एक महिलाको ज्यान नेपाली काँग्रेसका उम्मेदवारले बचाएका छन् ।

काँग्रेस रुकुम पश्चिममा प्रदेश सभा ‘ख’ का उम्मेदवार खड्कबहादुर डाँगीले त्रिवेणी गाउँपालिका–४ की मीना केसीको ज्यान बचाएका हुन् ।

आर्थिक अवस्था कमजोर भएका कारण घरमै सुत्केरी बेथा शुरु भए पनि उनलाई स्वाथ्य चौकी पु¥याउन समस्या भएको थियो ।

उम्मेदवार डाँगी चुनावी प्रचारको सिलसिलामा त्यहाँ पुग्दा छटपटाइरहेको देखेपछि आफ्नै गाडीमार्फत केसीलाई उपचार गर्न जिल्ला अस्पताल सल्लेमा पु¥याएका थिए ।

नाजुक बन्दै गएको मीनाको स्वास्थ्य अवस्था अस्पताल पुगेपछि अहिले सामान्य बन्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।

मत माग्नका लागि भन्दा पनि मानवीय सेवाका लागि आफूले मीनालाई आफ्नै खर्चमा अस्पतालसम्म पुर्‍याएको उम्मेदवार डाँगीले बताए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला