नाका सुधार्न मतदाताको माग

ZEN Travels

रसुवा १० मंसिर   ।

भूकम्पपछि चीनसँगको व्यापारमा ज्यादा चल्तीमा आएको केरुङ–रसुवागढी नाका यतिखेर ठप्प छ । निर्वाचनको दुई दिनअघि नै सुरक्षा संवेदनशीलतालाई ख्यालमा राखेर दुवै देशका सीमा सुरक्षा अधिकारीले नाका बन्द गरेपछि सयौं कन्टेनरहरु बाटोमा अलपत्र थुप्रिएका छन् । कान्तिपुरमा समाचार छ

यस्तो स्थिति आउँदा अघिपछि हुन्थ्यो भने चालकहरु निकै दुखी र आक्रोशित पनि हुन्थे । तर यसपटक भने दृश्य अलिक बेग्लै छ ।

‘हामी त खुसी छौं किनभने चुनाव हुन लागेको छ र दुवै दलका नेताहरुले स्याफ्रुबेँसी नाकालाई ठूलो र भरपर्दो बनाउने भनेका छन्,’ स्याफ्रुबेँसीका ४१ वर्षीया चालक फुर्वा तामाङले भने ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला