यसरी भएको थियो हुम्लाकाे सिमकोट विमानस्थलमा तारा एयरको विमान दुर्घटना

ZEN Travels

हुम्ला, १२ मंसिर । 

सिमकोट विमान स्थलवाट सुर्खेतका लागि निर्वाचनमा आएका १३ जना सुरक्षाकर्मीको उडान गर्ने क्रममा सिमकोट विमान स्थलमा तारा एयरको ट्वीनीटर जहाजर दुर्घटना ग्रस्त भएको छ ।

नाईन एन एभिएम कल साईनको भएको तारा एयरको जहाज उड्ने क्रममा बाँया साईटको टायर पन्चर भए पछि विमान स्थलको दक्षिणी भागमा दुर्घटना भएको हो ।

जहाज दुर्घटना भए पछि जहाजमा सवार चालक दलका सदस्य सहित १६ जना यात्रु मध्य चार जना घाईते र १२ सकुशल रहेको सिमकोट विमान स्थलका प्रमुख भिमदत्त पन्तले बताउनु भयो ।

विमान दुर्घटना भए लगत्तै सवै यात्रुको उद्धार गरि जिल्ला अस्पतालमा लगिएको उहाँले बताउनु भयो । दुर्घटनामा पनि प्रहरी सहायक निरीक्षक एम प्रसाद दाहाल निक्कै घाईते भएको र उहाँको पेटमा समस्या देखिएकोले जिल्ला अस्पतालमा प्रारम्भिक उपचार पछि नेपाली सेनाको हेलिकोप्टरद्धारा नेपालगंज उद्धार गरिएको प्रहरी नायव उपरिक्षक कमल प्रसाद नेपालले वताउनु भयो ।

त्यसै गरि दुुर्घटना परि पेटको दाँया भागको चोट लागेकी एयर होस्टेज श्रेया श्रेष्ठको प्रारम्भिक उपचार पछि नेपालगंज उद्धार गरिएको छ भने अन्य १२ जना सकुशल रहेको उहाँले वताउनु भयो ।

दुर्घटनामा परि जहाजका क्याप्टेन वसन्त लामा र कुपाईलट अमित गुरुङको नाकमा रगत वगि रहेको अवस्थामा उद्धार गरि जिल्ला अस्पताल लगिएको र जिल्ला अस्पतालमा सामान्य उपचार पछि ताराकै अर्को जहाजवाट नेपालगंज उद्धार गरिएको सो एयरका सहायक इन्चार्ज नुर्वु लामाले बताउनु भयो । उहाँहरु दुवै जनाको अवस्था सामान्य रहेको उचारमा संलग्न डाक्टर रन्जित यादवले वताउनु भयो ।

यात्रु भरेर सुर्खेतका लागि टेकअप रनिङ्ग भै सकेको जहाज एक सय मिटर अगाडी बढी सकेपछि टायर पन्चर भए पछि पाईलटले एयरपोर्टकै तीन ठाँउमा व्रेक लगाउन खोजे पछि जहाज नरोकिएको विमान स्थल मै रहनु भएको नयाँ भैरवी दल गुल्मका गुल्मपति कमल केसीले बताउनु भयो ।

त्यस पछि जहाज डेढ सय मिटर अगाडी हुत्तिएर एयरपोर्टको दक्षिणी भागको भिरालोमा लागेर पश्चिम फर्किएको उहाँले वताउनुु भयो । दुुर्गटना स्थलवाट ५ मिटरको दुरी अगाडी स्थानीयको घर भएको र त्यहाँ मानिस पनि घाम तापेर वसि रहेका थिए । जहाजको ककपिट पुुर्ण रुपमा क्षेती भएको छ ।

जहाजको तीनवटै टाउर र दाँया पखेटामा केही क्षेती पुगेको छ । दुर्घटना स्थलमा प्रहरीका सामान तथा हतियारहरु छरिएर रहेका थिए । चालक दलका सदस्यहरुको बुद्धिमताले सिमकोटमा ठुलै मानवीय क्षेती हुनवाट जोगिए स्थानीयले बताएका छन ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला