पश्चिम रूकुमका दुईवटा मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान गर्ने अायाेगकाे निर्णय

ZEN Travels

काठमाण्डाैं, १२ मंसिर । 

निर्वाचन आयोगले रुकुम पश्चिमका दुईवटा मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय गरेको छ ।

पश्चिम रुकुमको बाँफीकोट गाउँपालिका–५ को रुत्न मावि काँडा मतदान केन्द्र (क) मा प्रतिनिधिसभा सदस्यको पहिलो हुने निर्वा्चित हुने निर्वाचन प्रणाली र आठबीसकोट नगरपालिका–११ को नेपाल राष्ट्रिय मावि गत्तसैना मतदान केन्द्र (ख)मा समानुपातिक निर्वाचन प्रणालीतर्फको मात्र मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

आयोगको आज बसेको बैठकले मंसिर १० गते भएको मतदानमध्ये बाँफीकोट गाउँपालिका–५ रत्न मावि, काँडा मतदान केन्द्र (क)मा भएको प्रतिनिधिसभा सदस्यको पहिलो हुने निर्वा्चित हुने निर्वाचन प्रणाली मात्र र आठबीसकोट नगरपालिका–११ को नेपाल राष्ट्रिय मावि, गत्तसैना मतदान केन्द्र (ख)मा भएको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतदान मात्र रद्द गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

उक्त मतदान केन्द्रमा प्रयोग भएको मतपेटिकामा आगलागी भएपछि आयोगले मंसिर १५ गते शुक्रबार पुन ः मतदान गर्ने निर्णय गरेको हो । आयोगले रद्द भएका मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाई पुनः मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम (पश्चिम) लाई निर्देशन दिएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला