कालिकोटमा जीप दुर्घटना, तीनको मृत्यु पाँच घाइते

ZEN Travels

कालिकोट,मंसिर १३ ।

कालिकोटमा बलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु पाँच जना घाइते भएका छन् ।

मुगुबाट सुर्खेत जाँदै गरेको लु २ च २००३ नंम्बरको जीप मंगलबार राति कालिकोटको हस्पिटल मोडमा दुर्घटना भएको हो । दुर्घटनमा मृत्यु हुनेमा नरविक्रम मल्ल, यदूराज न्यौपाने र दयारुप बुमी रहेका छन् । मृतकको ठेगाना खुलेको छैन ।

घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला