त्रिशूलीमा बस खस्यो, ६ को मृत्यु

ZEN Travels

काठमाडौं,१३ मंसिर।

काठमाडौंबाट अर्घाखाँचीतर्फ जादै गरेको बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । लु २ ख २९१ नम्बरको बस बिहान सवा ९ बजे त्रिशूलीमा नदीमा खस्दा ६ जनाको मृत्यु भएको हो ।मृतक कसैको पनि सनाखत हुन सकेको छैन ।

पूर्णरुपमा त्रिशूलीमा डुबेको बसबाट हालसम्म २० जना घाइतेको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार बसमा कति यात्रु थिए भन्ने खुलेको छैन ।

दुर्घटनास्थलमा खटिएका नेपाल प्रहरीका डीएसपी शिव शर्मा आचार्यले ६ जनाको शव फेला परेको जानकारी दिनुभयो । अहिले घाइतेको उद्धार कार्य भइरहेको छ । दुर्घटनालगत्तै नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धारमा जुटेका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला