राजिव गुरुङ (दिपक मनाङ्गे) प्रदेशसभा सदस्यमा विजयी

ZEN Travels

काठमाडौँ २२ मंसिर । गुण्डा नाइके (डन) भनेर चिनिने राजिव गुरुङ (दिपक मनाङ्गे) प्रदेशसभा सदस्यमा विजयी भएका छन्।

मनाङको प्रदेशसभा ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका गुरुङ निकटतम प्रतिस्पर्धी काँग्रेसका उम्मेद्वार कर्मा गुरुङलाई पराजित गर्दै विजयी भएका हुन्।

विजयी भएका गुरुले १४ सय १० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेद्वार गुरुङ ३ सय ९० मतअन्तरले पराजित भएका हुन्। यो क्षेत्रमा एमालेले स्वतन्त्र उम्मेदवारी दिएका मनाङ्गेलाई सहयोग समर्थन गरेको थियो।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला