विजयी उम्मेदवार धन्यवाद दिन गाउँ गाउँमा, देउवासँग मतदाताको धेरै अपेक्षा

ZEN Travels

डडेल्धुरा, ३ पुस  ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा विजयी भएकाहरु अहिले गाउँगाउँमा पुगेर मतदातालाई धन्यवाद दिइरहेका छन् ।

जनप्रतिनिधिहरु गाउँगाउँमा पुग्दा मतदाताले भने अब विकास र समृद्धिलाई अघि बढाउन सुझाइरहेका छन् ।

डडेल्धुराका मतदाता आफ्नो जिल्लाको विकासका मुद्धाहरु लिएर नवनिर्वाचित सांसदहरुसँग आशावादी देखिएका हुन् ।

विजेता उम्मेदवारले मत माग्ने क्रममा आफ्नो घोषणा पत्रमा उल्लेख गरेका कुराहरु मात्र पनि पूरा गर्ने हो भने आफ्नो गाउँको विकास हुने बुझाई आम मतदाताको छ ।

मतदातालाई धन्यवाद दिन घरदैलोमा रहेका डडेल्धुरा प्रदेश क्षेत्र नंं.१ का सांसद पठानसिंह बोहरा र २ का कर्णबहादुर मल्ललाई मतदाताले संबिधानको कार्यान्वयन, प्रदेशको विकास तथा जनताको आर्थिक समृद्धिका लागि रोजगारी आवश्यक भएको सुझाव दिएका छन ।

ग्रामीण क्षेत्रमा रहेको गरिबी अशिक्षा र अभाबका साथै अत्याबश्यक पूर्बाधार विकासलाई प्राथमिकता दिनु पर्ने माग सहित युवाहरु रोजगार नपाई पलायन भईरहेको र पढेलेखेका पनि बिकृत भईरहेकाले यसको व्यवस्थापनका लागि भूमिका निर्वाह गर्न मतदाताको आग्रह छ ।

प्रतिनिधिसभाका लागि एक र प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रतिनिधि सभाका लागि सुदूरपश्चिमबाट एक्ला सासंद प्रधानमन्त्री शेरबहादुर देउवा रहेकाले पनि डडेल्धुराबासीको अपेक्षा देउवासँग बढी रहेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला