अस्पतालमा गम्भीर बिरामी छाडेर चिकित्सक बेपत्ता

ZEN Travels

उदयपुर ,१३ पुस  ।  ।

दुर्घटनामा परेका गम्भीर बिरामी अस्पतालमा छाडेर बेपत्ता भएका जिल्ला अस्पताल उदयपुरका चिकित्सकमाथि कारबाही सुरु भएको छ । चिकित्सक नभएपछि गम्भीर घाइतेलाई बिराटनगर लगिएको थियो ।
जिल्लाको रौतामाई गाउँपालिकामा मंगलबार बलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने तीन नजा घाइते भएका थिए। घाइतेहरुलाई उद्धार गरी प्रहरीले जिल्ला अस्पतालमा पुर्याएको थियो। तर  अस्पतालमा चिकित्सक थिएनन् । ‘चिकित्सक नभएपछि प्रहरीकै अहेवले प्राथमिक उपचार गरे,’ उदयपुरका एसपी नवराज भट्टले भने,‘अस्पतालको चरम लापरबाही देखियो ।’
मंगलबार दिउसो अस्पतालमा डा. अमित मिश्रको ड्युटी थियो। तर, कसैलाई जानकारी नदिई उनी अस्पतालबाट हिँडेका थिए। ‘अस्पताललाई बिरामी ल्याउनेबारे प्रहरीले पहिल्यै जानकारी गराइसकेको थियो। तर, पनि डा मिश्रले फोन उठाएन्। जिल्ला प्रशासन कार्यालयले घटनाको अनुसन्धान अघि बढाएको छ। चिकित्कसक सम्पर्क विही भएपछि अस्पतालप्रति घाइतेका आफन्तहरु आक्रोशित बनेका छन् । घटनाको विषयमा आफुहरुले छानबिन थालेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए ।
उदयपुर रौतामाई गाउँपालिका–४ स्थित जितेनीको पाखामा मंगलवार अपराह्न बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला