सर्वाेच्चले माग्याे संखुवासभाकाे मतपेटिका

ZEN Travels

संखुवासभा १६  पुस   ।

संखुवासभाकाे प्रतिनिधिसभा प्रत्यक्ष तर्फको मतपेटिका सर्वोच्च अदालतले मागेको छ । नेकपा एमालेका उम्मेदवार राजेन्द्र गौतमसँग १ सय ३० मत अन्तरले पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्काले मतगणनामा गड्बढी भएको भन्दै पुन गणनाकाे लागि रिट दर्ता गरेपछि सर्वोच्चले मतपेटिका पठाउन आदेश दिएको हो । सर्वोच्चले मगाए पनि जिल्ला निर्वाचन कार्यालयले मतपेटिका अहिलेसम्म पठासकेको भने छैन । निर्वाचन कार्यालयले मतपेटिका पठाउने तयारी गरेको तर हेलिकोप्टर नआइपुगेको जनाएको छ ।

एमालेका गौतम गौतम ३१ हजार ७ सय ६९ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । काँग्रेसका खड्काले ३१ हजार ६ सय ३९ मत प्राप्त गरेका छन् । निर्वाचन आगोगले एमालेका खड्कालाई विजयी घोषणा गरेर प्रतिनिधिसभा सदस्य प्रमाण पत्र दिइसकेको छ । प्रतिनिधिसभा सदस्य गौतमले काँग्रेसका खड्काले मतगणना हुँदा परिणाम स्वीकार गरे पनि अहिले अनावश्यक विवाद गरेको बताए । काग्रेसका खड्काले भने मतगणनामा कर्मचारीले पक्षपाति गरेको आरोप लगाएका छन् । थोरै मतअन्तरले परानिजत भएपछि काँग्रेसका मतगणना प्रतिनिधि त्यसलाई अस्वीकार गर्दै बाहिरएका थिए ।

खड्काले बदरमतको पुन गणनाको माग गर्दै खड्काले मुख्य निर्वाचन कार्यालयमा निवेदन दर्ता गराएका थिए  पुन बदर मतगणना गर्न निर्वाचनले वेवास्ता गरेपछि खड्काले सर्वोच्चमा अदालतमा रिट दर्ता गरेका थिए । सर्वोच्चले पुस १४ गते दुवै पक्षलाई छलपफलमा बोलाएको थियो । प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार जिल्लाको सबै मतपेटिका सर्वोच्चले पुस ७ गते नै पठाउन आदेश दिएको थियो । तर हेलिकोप्टर व्यवस्था नहुँदा मतपेटिका पठाउन ढिलाइ भइरहेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला