बर्दियामा बाघको आक्रमणबाट दुई महिला गम्भीर घाइते

ZEN Travels

बर्दिया,१९  पुस ।

बाघको आक्रमणबाट बुधबार बर्दियामा दुई जना महिला गम्भीर घाइते भएका छन् ।

नेपाल भारत सीमा दशगजा नजिकको जंगलमा घाँस काटन गएका बेला बाघको आक्रमणमा परि गुलरिया नगरपालिका ३ खैरापुर की ४० वर्षीया मुन्नी साबुरी र ३० वर्षीया सरिता गोडिया घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी युवराज खडकाले जानकारी दिनुभयो ।

बाघको आक्रमणबाट घाइते दुवै महिलाको घाँटी र टाउकोमा ठूलो घाउ भएको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया लगिएको प्रहरीले जनाएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला