सिडियोकाे प्रयासपछि कटारीबाटै पासपोर्ट

ZEN Travels

उदयपुर २४ पुस । उदयपुरको पश्चिमी क्षेत्रका स्थानीयहरुको पासपोर्टको बनाउन जिल्ला धाउनु पर्ने बाध्यता हटेको छ । कटारी क्षेत्रका स्थानीयहरुले सोमबार देखी ईलाका प्रशासन कार्यालय कटारीबाटै राहदानी दिने व्यवस्था गरेपछि स्थानीयहरुलाई सहज भएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलका अनुसार कटारी नगरपालिका, ताप्ली गाउँपालिका र उदयपुरगढी गाउँपालिका स्थानीयहरुले राहदानीको लागि ठूलो कष्ट भोग्नु परेकोले इलाका प्रशासनलाई नै अधिकार प्रत्यायोजन गरिएको जानकारी दिए । ‘कटारीबाट राहदानी बनाउनको लागि दैनिक ६–७ घण्टाको यात्रामा गाईघाट आउनु पर्ने बाध्यता देखेर उक्त व्यवस्था गरिएको हो ।’
कटारीबाटै राहदानी वितरण गर्नका लागि संकलित राजश्व संकलनका लागि राष्ट्रिय वाणिज्य वैंक कटारीलाई कोष लेखा नियन्त्रक कार्यालयको पहलमा महालेखा परिक्षकले कोड उपलब्ध गराईएको जनाईएको छ ।
प्रजिअ कणेलले भने ‘हामीलाई अधिकार प्रत्यायोजन गर्न त समस्या थिएन तर राजस्व दाखिला गर्न महालेखा नियन्त्रकको कार्यालयले तोकेको बैक गाईघाटमा मात्र भएकाले कटारीको बैकलाई अधिकार दिन प्रयात्न गर्दा केही ढिलो भएको हो ।’
सबै प्रक्रिया पुर्याएर सोमबारबाटै राहदानी वितरणको लागि फर्म संकलन सुरु गरिएको इलाका प्रशासन कार्यालयका प्रमुख सुनिल पौड्यालले बताए । ‘महालेखा नियन्त्रक कार्यालयबाट राष्टिय बाणिज्य बैक कटारीमा राजस्व दाखिला गर्न अनुमती प्राप्त भएसगै फारम संकलन सुरु गरिएको छ ।’ पौडलेले भने ‘जिल्ला प्रशासन कार्यालय र कोष लेखा नियन्त्रक कार्यालयको पहलमा कटारीबाटै राहदानी पाउने व्यवस्था भएको छ ।’ अब कटारीबाट राहदानी प्राप्त गर्न सकिने छ । कटारीबाट राहदानी वितरण सुरुभएपछि साविकको नागरिकताको सेवा पाईरहेका कटारी नगरपालिका, ताप्लिगाउँपालिकाको साविकको ईनामे गाविस बाहेक र उदयपुरगढी गाउँपालिकाको साविकको तावाश्री र बर्रे गाविसका सेवाग्राहीहरुलाई सहज हुने भएको छ । यस अघि कटारीबाट राहदानी जारी नहुँदा कटारीबाट सिफारिस लिई जिल्ला प्रशासन कार्यालय गाईघाट र राहदानी विभाग काठमाडौं जानु पर्ने बाध्यता थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला