चितुवाको छालासहित लमजुङबाट तीनजना पक्राउ

ZEN Travels

लमजुङ,३०  पुस  ।

लमजुङमा चितुवाको छालासहित तीनजना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीको विशेष टोलीले बेंसीशहरको एक होटलबाट चितुवाको छालासहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा लमजुङको सुन्दरबजार नगरपालिका–५ बस्ने विनोद तामाङ, राजेश अधिकारी र सोही नगरपालिका–६ का कमल तामाङ छन् ।

उनीहरुलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला वन कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला