अधुरै रह्यो भूकम्पपीडितलाई उत्प्रेरणा दिने सपना, शव आउँदैछ गाउँमा

ZEN Travels

संखुवासभा ०१ माघ ।

भूकम्प पुननिर्माणसम्बन्धी तालिम थियो । त्यसैले काठमाडौँबाट पुनर्निर्माणका लागि उत्प्रेरित र उत्साहित बनाउने पुनर्ताजगी तालिम दिन गएका थिए इञ्जिनियर सुदीप ढकाल, समाजशास्त्री अर्जुन बस्नेत । उनीहरुलाई लिएर सदरमुकाम जाँदै थिए मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल । साथमा थिए जिल्ला समन्वय समितिका सूचना अधिकृत सुवासचन्द्र कुइँकेल पनि । एमाले स्थानीय नेता सुरेश राईसहित ५ जना सवार वा ५ च १३०९ नम्बरको ल्याण्डक्रुजर चालक थिए मकवानपुरका कृष्ण श्रेष्ठ ।

जीप काठमाडौँबाटै संखुवासभा गएको थियो । स्थानीय विकास मन्त्रालय अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाईले भाडामा लिएको जीपमा सवार सबै भोटखोला गाउँपालिकाको बरुण दोभान जानेक्रममा दुर्घटनामा परे । दुर्घटनामा परेका सबैको मृत्यु भयो । गाउँमा आयोजना हुने तालिममा पुग्नै पाएनन् जनप्रतिनिधि, समाजशास्त्री र इञ्जिनियर । आइतबार दिउँसो १२ बजे भएको दुर्घटनाका मृतकको शव पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइने इन्स्पेक्टर वेदप्रसाद गौतमले जानकारी दिए । भने, ‘ढकाल, बस्नेत र श्रेष्ठको शव चैँ हेलिकोप्टरमा काठमाडौँ पठाएर आफन्तलाई जिम्मा लगाइने छ ।’

एमालेबाट मकालु गाउँपालिकामा निर्वाचित कटुवाल र नेता राईको शव श्रद्धाञ्जलिका लागि एमाले पार्टी कार्यालय खाँदबारीमा राखिएको छ । माघे संक्रान्तिको रौनक हराएको छ संखुवासभामा । एमाले सचिव खड्ग राईले भने, ‘आफ्ना नेता र जनप्रतिनिधिलाई श्रद्धाञ्जलि दिन शव पार्टी कार्यालयमा राखेका छौँ, जनप्रतिनिधिको निधनसँगै गाउँपालिकाको विकासको सपना पनि दुर्घटनामा परेको छ ।’

यता, माघे संक्रान्ति पनि नभनी गाउँमा भूकम्पपीडितलाई ऊर्जा दिन तालिममा सहजीकरणमा गएकाहरुको परिवार पनि शोकमा छ ।दुर्घटनाग्रस्त जीप । 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला