बालबालिका इट्टा बोक्दै ,सरकारी अस्पतालमा अपरेसन थ्रिएटरको लागि

ZEN Travels

 

काठमाडौं,१४ माघ ।

बालश्रम कहाँ भएको छ भनेर खोज्न कतै जानु पर्दैन, हालै निर्माण भइरहेको एक सरकारी अस्पताल गए हुन्छ । जिल्ला नेत्रज्योति संघअन्तर्गत जिल्ला आँखा उपचार केन्द्रको भवन निर्माणमा बालबालिका प्रयोग भएका हुन् ।

भवन निर्माणमा लामो समयदेखि बालबालिका प्रयोग भए पनि सम्बन्धित निकाय भने कानमा तेल हालेर बसेको छ । जिल्ला नेत्रज्योति संघले समिति गठन गरेर आँखा उपचार केन्द्रका लागि अपरेसन थिएटर भनव निर्माण गरिरहेका छ । त्यहाँ प्रयोग हुने इँट्टा बालबालिकाले नै बोक्दै आइरहेका छन ।

जिल्लामा बालबालिकासम्बन्धी काम गर्ने सरकारी तथा गरैसरकारी निकायका व्यक्तिले दिनहुँजसतो यो दृश्य देखिरहेका छन् । तर, उनीहरूले नदेखे झैं गर्दै आएका छन् । लामो समयदेखि बालबालिको यस क्षेत्रमा काम गरिरहेका किडार्क नेपाल कालिकोटको कार्यालय पनि त्यही भवनसँगै जोडिको छ ।

उनीहरूले पनि केही वास्ता गरेको देखिँदैन । किडार्क नेपालका कालिकोटका संयोजक तुलाराम पाण्डेल भने आफूले बालबालिकालाई काममा लगाएको नदेखेको बताए । ‘हामी कार्यालयभित्रै हुन्छौं, अलिहेसम्म बालबालिकालाई काममा लगाएका देखेका छैनौं ।’ उनले भने । उनले बालश्रम गराउनेलाई प्रमुख जिल्ला अधिकारीले कारबाही गर्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले स्थानीय तह, महिला तथा बालिबालिका कार्यालयले बालश्रम गराउनेलाई सुझाव सल्लाह दिनुपर्ने बताए । उनले उजुरी आएको खण्डमा प्रशासनले बुझ्ने र अदालत पठाउने काम गर्ने भन्दै सामान्य श्रमलाई कसैले पनि रोकेर नरोकिने बताए ।-आजको राजधानी दैनिकबाट

himalaypost

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला