बागलुङमा अवैध क्रसर तथा नदिजन्य सामाग्रि उत्खनन्मा रोक

प्रकाशित मिति: २७ कार्तिक २०७७, बिहीबार ०२:१३

कमल पौडेल

बागलुङ

बागलुङ जिल्लामा सञ्चालित अवैध क्रसर तथा नदिजन्य सामाग्रि उत्खनन्मा रोक लगाइने भएको छ। नदिजन्य पदार्थको उत्खनन, संकलन तथा विक्रि वितरण सम्बन्धि जिल्ला अनुगमन समितिले जिल्लाको गल्कोट नगरपालिका, बडिगाड गाउँपालिका तथा ढोरपाटन नगरपालिकामा गरेको अनुगमनका क्रममा भेटिएका अवैध क्रसर र नदिजन्य तथा खानी पदार्थ उत्खनन् संकलन र विक्रि प्रक्रियामा रोक लगाइएको अनुगमन समितिका संयोजक जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले जानकारी दिनुभएको छ।

गल्कोट नगरपालिका भित्र सञ्चालनमा रहेका २ वटा क्रसर उद्योग, बडिगाड तथा ढोरपाटनमा बडिगाड खोलामा उत्खनन् गरिएको नदिजन्य सामाग्रिलाई विक्रि वितरण गर्न तथा ढुवानी कार्यको लागि रोक लगाइएको ताराखोला गाउँपालिकामा सञ्चालित ढुँगा खानीलाई नियमन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभएको छ।

ढुंगा गिटि तथा बालुवा उत्खनन् विक्रि तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ अनुसार स्थानिय तहले वातावरणीय प्रभाव मुल्यांकन सहित कानूनि प्रक्रिया पुरा गरेर नदिजन्य सामागिहरु विक्रि वितरण गर्न सक्ने व्यवस्था छ। सोहि अनुरुप कानूनी प्रक्रिया पुरा गरेपछि मात्रै नदिजन्य पदार्थ उत्खनन् गर्न पाइने भएकोले त्यतिन्जेलको लागि ढुँगा, गिटि बालुवा लगाएत नदिजन्य सामाग्रि उत्खनन्, विक्रि वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनु भएको छ।

यसै विच बडिगाड गाउँपालिकामा वसेको नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा विक्रि वितरण सम्बन्धी जिल्ला अनुगमन समितिको बैठकले बडिगाड गाउँपालिका वडा नं. ७ स्थित कालिरह भन्ने स्थानमा डोजर प्रयोग गरि उत्खनन् गरिएको गिट्टी बालुवालाई विक्रि वितरणमा रोक लगाउँदै त्यसको आवश्यक कानुनि प्रक्रिया अगाडि बढाउन बडिगाड गाउँपालिकालाई निर्देशन गरेको छ। बडिगाड गाउँपालिकाले आवश्यक वातावरणीय प्रभाव मुल्यांकन सहित आवश्यक कानुनी प्रक्रिया पुरा गरेर सो सामाग्रि तथा अन्य स्थानमा नदिजन्य पदार्थ उत्खनन् गर्ने गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताउनु भएको छ।

 

(Visited 127 times, 1 visits today)

२७ कार्तिक २०७७, बिहीबार ०२:१३ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....