काभ्रेको धुलिखेलमा गुडिरहेको बसमा आगलागी

ZEN Travels

काभ्रे । काभ्रेको धुलिखेलमा गुडिरहेको बसमा आगलागी भएको छ । बनेपाबाट भकुण्डेबेंसीतर्फ जाँदै गरेको बा ३ ख ३२७० नम्बरको बसमा एक्कासी आगो लागेको हो ।

सडकमा गुडिरहेको बसमा आगो लागेपछि सबै यात्रुहरु आत्तिएर बाहिर निस्किएका छन् । बसमा सवार सबै यात्रुहरु बाहिर निस्किएको हुनाले मानविय क्षति नभएको प्रहरीले जनाएको छ । बसमा लागेको आगो केहीबेरमै निभाएपनि बस गुडाउन नमिल्ने भएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला