हिन्दु परिषद नेपाल रौतहट संयोजकमा ओमप्रकाश र केन्द्रिय सदस्यमा रामपुकार मनोनित

ZEN Travels

                              बीरगंज  ।   हिन्दु परिषद् नेपाल केन्द्रिय कार्यालय बीरगंजमा आज एक कार्यक्रमका बीच परिषदको रौतहट जिल्ला संयोजकमा ओमप्रकाश साह मधेसीया र केन्द्रिय सदस्यमा पत्रकार रामपुकार राउतलाई मनोनित गरेको छ ।
परिषद्का संस्थापक एवं संरक्षक पंडित पुरुषोत्तम दुवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा रौतहट जिल्लाबाट निर्वाचित विधायक बाबुलाल साह र राजपा नेपाल रौतहट जिल्ला अध्यक्ष मण्डलका अध्यक्ष रामप्रवेश दासलाई फुलमाला र जय श्रीरामको गम्छाबाट सम्मान गरिएको थियो ।
कार्यक्रमका हिन्दु परिषद् नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल, केन्द्रिय सदस्य सुरेश साह कानु, लालबाबु पटेल, नारायणी अञ्चल अध्यक्ष हरेन्द्र बाबा, प्रेस मञ्च नेपाल पर्सा शाखाका अध्यक्ष विजय ठाकुर सहितको उपस्थिती रहेको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला