सूचना प्रबिधिको प्रयोगले ५ नम्बर प्रदेश डिजिटल बनाउंछौं ः मुख्यमन्त्री पोखरेल

ZEN Travels

बुटवलमा सातौं स्टार्टअप क्यान इन्फोटेक सुरु

कपिल ज्ञवाली
बुटवल  । कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान महासंघ) रुपन्देहीको आयोजनामा बुटवलमा सातौं स्टार्टअप क्यान इन्फोटेक मेला सुरु भएको छ । आइतबारबाट सुरु भएको मेलाको प्रदेश न ५ का मुख्य मन्त्री शंकर पोखरेलले रोर्बटको स्विच थिचेर उद्घाटन गरे । पोखरेलले सूचना प्राविधि नै मानिसको जीवनको समृद्धिको आधार भएको बताए ।

उनले प्रविधिलाई सहजरुपमा उपयोग गरेरमा दैनिक जीविकोपार्जनमा सहज हुने समेत बताए ।
उनले ५ नम्बर प्रदेशलाई डिटिल प्रदेशको रुपमा विकास गर्न सकिने धारणा राखे ।
उनले भने,‘सबैको सहयोग भएमा ५ नम्बर प्रदेश डिजिटल प्रदेश बन्ने छ ।’ कम्प्युटर शिक्षा अवको अनिवार्य शिक्षा भएको भन्दै उनले अब कम्प्युटर नसिकेको व्यक्ति निरक्षर भएको भन्ने पनि अभिव्यक्ति आउने गरेको जानकारी दिदै नेपाली समाजमा सुहाउदो सफ्टवेर विकासमा लाग्नुपर्ने धारणा राखे ।

नेपाली समाजलाई टेवा पुग्ने प्रकृतिको सफ्टवेर विकासमा सबैको ध्यान जानुपर्ने उनको भनाइ रहेको थियो ।
क्यानका जिल्ला अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्यान महासंघका केन्द्रिय अध्यक्ष हेमन्त चौरासिया,संस्थापक अध्या बिमलकुमार शर्मा,बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम हमाल,हिसान रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा,माओबादीका नेता रामप्रसाद बञ्जाडे,कांग्रेसका युवराज गिरि,पत्रकार महासंघ महासंघका उपाध्यक्ष निरु गौतम, उपाध्यक्ष रामुदेब गौतम ,क्यानका सचिब बिरु क्षेत्री,कार्यसमिति सदस्य कमला कुवर लगायतले बोलेका थिए ।
मेलाको १ लाख दर्शकले अवलोकन गर्ने र २ करोडको कारोबार हुने आयोजकको लक्ष्य छ । सर्वसाधारणहरुलाई प्रवेश शुल्क ५० र विद्यार्थीहरुलाई २५ रुपैया तोकिएकोे छ ।

मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन, मोबाइल एसेसरिज, डिलर र डिस्ट्रिब्यूर्टस, टेलिकम्युनिकेसन, आइएसपी, सफ्टवेयर सोलुसन्स लगायतका गरि १३६ स्टल रहेका छन् । मेला फागुन ६ गतेसम्म चल्नेछ ।
मेलाको उद्घाटनमा प्रयोग गरिएको रोर्बट लुम्बिनी इन्जिनियरिङ कलेज भलबारीका बिद्यँर्थीहरुले बनाएका हुन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला