एनआरएनएमा ठुलो भ्रष्टाचार छानबिनको लागी अक्तियारमा उजुरी

ZEN Travels

 
स्विटजरल्याण्ड  । एनआरएनएको अभियान अहिले विश्वका ७८ देशहरुमा सकृय रुपमा चलिरहेको छ। संघको स्वदेश तथा बिदेशमा रहने सबै ३ करोड नेपालीहरुको आशा र भरोशाको केन्द्रमा हेरिन्छ। बिगतका बर्षहरुमा नेपाल र नेपालीहरुलाई परेका हरेक दुखमा एनआरएनएले सधै काधमा काध मिलाएर नेपाली जनताको आशु मात्र पुछ्ने काम मात्र गरेन हरेक दुख कस्टको सारथिको रुपमा काम गर्दै आईरहेको छ। गत २०७२ साल वैशाख १२ गते आएको विनासकारी भुकम्पमा एनआरएनएले पिडितलाई गरेको उद्धार र भुकम्प पिडितलाई भुकम्प प्रतिरोध नमुना आबास निर्माण गरीरहेको छ। एनआरएनएले गरेका परोपकारी कार्यहरु र समृद्ध नेपाल निर्माणमा दिएको योगदानले सम्पूर्ण नेपालीहरुको मन जितेको छ तर संघले गरेका कामहरुको लेखा जोखा के कति आर्थिक रुपमा परादर्शिक भएका छन भन्ने बिषयमा सधै प्रश्न चिन्ह लाग्दै आईरहेका छ।
 
संघको आफ्नै चल,अचल पुजी त छैन । हरेक विश्व सम्मेलनमा संकलन भएको सदस्यता शुल्क र चन्दा शुल्क उम्मेदवारी शुल्कबाट संकलन भएको रकम नै गैर आवासीय नेपाली संघको मुख्य आय स्रोत हो।यो रकम के कति उठ्छ भन्ने आज सम्म कहिले पनि सार्वजनिक गरी ७८ देशमा रहने ४५ लाख नेपालीलाई जानकारी गरीएको छैन।आफुले तिरेको रकमको सबै गैर आवासिय नेपालीहरुले जान्न खोज्नु नैसर्गिक अधिकार हो तर गैर आवासीय नेपाली संघमा नेतृत्वको मनोमानी तन्त्रले आफ्नो स्वार्थको लागि आर्थिक लाभ लिदै आएको सबै गैर आवासीय नेपालीहरुलाई थाहा हुदाहुदै पनि तै चुप मै चुप रहदै आएका छन ।
 
एनआरएनएले सुरु गरेका मेगा प्रोजेक्टहरुको रुपमा आगाडी सारेका लाप्राक नमुना बस्ति, संघको भवन निर्माण र शंखमूल पार्क निर्माण गर्दा एनआरएनएको नेतृत्वबाट धेरै आर्थिक चलखेल,अनिमियता र ठुलो भ्रष्टाचार भएको देखिन आएको हुनाले नेपाल सरकारमा बिधिबत नेपालको कानुन अनुसार दर्ता भएको एउटा सामाजिक संस्था भएकोले नेपाल अक्तियार दुरपयोग अनुसन्धान आयोगमा छान बिन गरी सत्य तथ्य पत्तालगाई दोषीलाई काननु बमोजिम कारवाहीको माग गर्दै नेतृत्वको बिरुद्धमा उजुरी परेको मेरो जिल्ला डट कमलाई बिशेष जानकारी प्राप्त भएको छ।
 
अक्तियारमा दिएको उजुरिमा सिंगो संघको विभिन्न बैंकहरुमा १५ भन्दा पनि धेरै खाताहरु भएको तर के कति रकम रहेको जानकारी गोप्य राख्दै आईरहेको, संघमा जम्मा रकम सामाजिक र परोपकारी काममा नलगाई व्यक्तिगत स्वार्थको लागी प्रयोग गरि आर्थिक फाइदा लिई , संघको सामाजिक सम्पतिलाई व्यक्तिगत फाईदाको लागी प्रयोग गर्दै आर्थिक हिना बिना गरेको जस्ता व्यहोरा समाबेस गरेको सरोकार वालाले मेरो जिल्ला डट कमलाई जानकारी गराएका छ।
 
एनआरएनए बिदेशमा बस्ने सबै नेपालीहरुको एउटा पबित्र सांझा संस्था हो। संघको गरिमा,मर्यादा र ईज्यतमा धब्बा लाग्दा सबै एनआरएनहरुको आत्म दुख्नु स्वाभाविक हो तर पनि संघलाई श्रम अदालत तथा अक्तियार जान जस्ता ब्याईजेती कार्यबाट रोक्न नसक्नु वर्तमान नेतृत्वको असफलता र सहमति सहकार्य गरी विश्व सम्मेलनको चुनावी नारा एबम प्रतिबद्धता “सबका हात सबका साथ”को नारा उल्टो साबित हुदै गहिरहेको बुझिन्छ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला