तेह्रथुमका घरजग्गाको मूल्य आकासियो

ZEN Travels

तेह्रथुम ।

ग्रामिण क्षेत्रका बजारलाई केन्द्र बनाएर सरकारले तेह्रथुमका स्थानीय तहको पुनसंरचना गरेपछि घरजग्गाको मूल्य आकासिएको छ । कारोबारमा समाचार छ ।

गाउँपालिका केन्द्र तोकिएको स्थान र आसपासका क्षेत्रमा हाल घर घडेरीको किनबेच र घर निर्माण कार्य तीव्र रुपमा हुन थालेका छन् । फलस्वरुप जग्गा र घडेरीको मूल्य पहिलेको भन्दा दोब्बर तेब्बरले बढेको छ ।

पुनसंचनापछि सदरमुकाम म्याङलुङमा मात्रै केन्द्रित भएको सरकारी सेवा सुविधा गाउँ गाउँमा रहेका बजारसम्म पुगेको छ ।
केही महिनाअघिसम्म असुविधायुक्त भनिएका बजारहरु नै अहिले सेवाग्राहीको गन्तव्य बनेको छ । केन्द्र तोकिएका बजारमा चहल पहल बढ्दो छ । ती बजारमा घरजग्गाको कारोबारसमेत आकासिएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला