राष्ट्रपतिमा झलनाथको खनाल दौडधुप

ZEN Travels

काठमाडौं ।

संधीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बन्न राजनितिक दल र नेताहरु भित्रि तयारीमा जुटेका छन् । निर्वाचन आयोगले २१ फागुनका लागि मिति प्रस्ताव गरेसँगै आकांक्षीसहित दलहरु गुपचुपरुपमा भित्रभित्रै सहमति खोज्ने गरी अघि बढेका छन् । नयाँपत्रिका दैनिकमा खबर छ ।

यता एमाले नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले भनेका छन्,‘औपचारिक रुपमा छलफल गर्नुपर्ने ठाँउमा अहिलेसम्म हामिले उम्मेद्वारका बिषयमा छलफल गरिसकेका छैनौ । एजेन्डा प्रस्तुत भएपछि बल्ल औपचारिक छलफल सुरु हुन्छ । यदि मेरो नाम प्रस्ताव भयो भने सहर्ष स्विकारी जिम्मेवारी लिन तयार छु ।’

राष्ट्रपतिका अर्का आकांक्षी अमिक शेरचनले भने,‘मलाई अघिल्लो पटक नै पार्टीभित्र र अन्य पार्टीबाट राष्ट्रपति बन्न प्रस्ताव आएको थियो । तर, म उम्मेद्वार बन्न चाहिनँ । यसपटक वामगठबन्धनको प्रस्ताव आउँदा अस्विकार गर्दिन । पार्टी अध्यक्ष प्रचण्डले शुरुदेखि नै प्रस्ताव राख्दै आउनुभएको छ ।राजधानी दैनिकमापनि यो खबर छ ।

अहिले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतासँग सम्बन्धित सैद्धान्तिक–वैचारिक पक्ष, सांगठनिक स्वरुप, सरकार गठन, राष्ट्रपति उपराष्ट्रपतिका उम्मेद्वारका बिषयमा ‘वन अन वन’ छलफल गरिरहेका छन् ।

सडक सुरक्षा नीतिको अभावमा सन् २०२० सम्ममा सडक दुर्घटना न्यूनिकरण गर्ने सरकारको लक्ष्य पूरा नहुने सरोकारवालाले बताएका छन् । ललितपुरमा शुक्रबार भएको पत्रकार सम्मेलन गरी नेपाल ईन्जिनियर्स एशोसिएसनले सडक सुरक्षा नीतिको अभावमा आगामी २ वर्षभित्र सडक दुर्घटना न्यूनिकरण गर्ने सरकारी लक्ष्य पूरा नहुने दाबी गरेको हो ।

सडक सुरक्षा नीति नहुँदा नेपालमा निर्माण भएका सडकहरु सुरक्षित हुन नसकेको तथा वर्षेनी सडक दुर्घटना बढ्दै गएको ईन्जिनियर्स एशोसिएसनको भनाई छ ।कान्तिपुर दैनिकमा खबर छ ।

सडक सुरक्षालाई प्राथमिकतामा राख्न एशोसिएसनको आग्रह छ । एशोसिएसनले सडक प्रयोगकर्ता, सवारी साधन लगायतको सुरक्षाको लागि सडक सुरक्षा नीति संसदबाट पारित गर्न सरकारसंग माग गरेको छ । सो नीति कार्यान्वयनमा आए सडक सुरक्षाको प्रत्याभूति बढ्ने भन्दै एशोसिएसनका अध्यक्ष ईन्जिनियर हरेराम श्रेष्ठले सडक सुरक्षा परिषद गठन गर्न सरकारसँग माग गर्नुभयो ।

सडक सुरक्षाबारे जनचेतनामा वृद्धि गर्न जरुरी रहेको तर्क गर्दै श्रेष्ठले बढ्दो दुर्घटना न्युनिकरणका लागि विद्यालय स्तरबाट सडक सुरक्षा सम्बन्धी शिक्षा दिन आवश्यक भएको बताउनुभयो । सडक सुरक्षा समितिका अध्यक्ष लक्ष्मण केसीले सडकको क्षमता अनुसार सवारी सञ्चालन गर्नुपर्ने भएपनि यस तर्फ सरकारको ध्यान जान नसकेको आरोप लगाउनुभयो ।

कार्यक्रममा सडक सुरक्षा विज्ञ सुवास ढुंगेलले सडक सुरक्षा बारे मानिसहरुमा चेतनाको अभाव र सडक अनुशासन पालना नगर्ने प्रवृतिका कारण सडक दुर्घटना बढ्ने गरेको बताउनुभयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला