स्विटजरल्याण्डमा मनाईयो ल्होसार

ZEN Travels

स्विटजरल्याण्ड । स्विटजरल्याण्डमा रहेका नेपालीहरुले ग्याल्पो  ल्होसार भव्यताका साथ मनाएका छन् । प्रत्येक वर्ष एक–एक वटा जनावरको गणना गर्दै १२ वर्षमा १२ वटा जनावरको चक्र फेरिने गर्दछ । ‘ल्हो’ अथवा वर्ग फेरिनुलाई शेर्पा तथा तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउने प्रचलन छ । शेर्पा समाज स्विटजरल्याण्डले गत आईतबार बासेल सहरमा आयोजना गरेको ग्याल्पो ल्होसारमा स्वीसमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि, ब्यापारी , पत्रकार लगायत स्विसमा रहेका नेपाली दाजुभाई तथा दिदि बहिनीहरुको बाक्लो उपस्थित रहेको थियो ।

फ्रान्स, जर्मन लगायत देशबाट पनि नेपालीहरुको उपस्थित रहेको कार्यक्रममा नेपाली दुतावासका प्रतिनिधि , पर्यटनदुतद्वय कमल भट्ट र आङ्ग तेञ्जिङ्ग शेर्पा गैर आवासिय नेपाली संघ स्विटजरल्याण्डका अध्यक्ष भुमिराज गुरुङ , प्रबाशी नेपाली मंचका अध्यक्ष संजय मुडवरी लगायतका प्रतिनिधिहरुले ग्याल्पो ल्होसारको शुभकामना ब्यक्त गरेका थिए । सभ्यता, संस्कृति र जातिय पहिचानलाई संरक्षण, संवर्धन र प्रवर्धन गर्ने उद्धेश्यको साथ ग्याल्पो ल्होसार मनाईएको आयोजक प्रतिनिधि पुला ( क्लाईमिङ्ग ) शेर्पा ले बताउनुभयो ।

उक्त कार्यक्रम दिनको ४ बजे सुरु भई बेलुकी ११ बजे समापन भएको थियो। कार्यक्रम आयोजक गेल्जेंग शेर्पाको अनुसार कार्यक्रम सोचे भन्दा सफल रहेको बताए। आफ्नो संस्कृतिलाई विदेशमा पनि जीवन्त राख्न ल्होछार मनाईनुपर्छ भनी प्रस्ताव ल्याउने पर्यटनदुत तथा आयोजक आङ्ग तेञ्जिङ्ग शेपाले आगामी बर्ष यसलाई अझ राम्रोसंग मनाईने बताए।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला