मन्त्री बनाउछु भन्दै झुटो गफ गर्ने पार्टीलाई राजिनामा

ZEN Travels

सुर्खेत ।

मुगुका प्रदेशसभा सदस्य चन्द्रबहादुर शाहीले गुट–उपगुटको राजनीतिले आफू माथि अन्याय भएको जनाउँदै सांसदपदबाट राजीनमा दिएका छन् । प्रदेशमन्त्री मण्डलमा नपरेपछि असन्तुष्ट सासद शाहीले राजीनामा सोमबार हुलाकबाट पठाएका छन् ।

सांसद शाही प्रदेश सभामुख वा शाही मन्त्रीको लागि दाबी गरिरहेका थिए । दैलेख निर्वाचन क्षेत्र २ (ख) का प्रदेशसभा सदस्य राजबहादुर शाही सभामुख बनेपछि असन्तुष्ट बनेका थिए । सभामुख नभए पनि मन्त्रीमण्डलमा पर्ने उनको आशा थियो तर मन्त्री समेत नभए पछि उनी पार्टीप्रति आक्रोसित भएका हुन्

सांसदबाट राजीनामा दिएको पत्र सभामुख समक्ष हुलाबाट पठाएको छु’ उनले भने,–‘अब पार्टिमा पनि बस्ने इच्छा छैन, पार्टिको राजीनामा बुझाउन एमालेको केन्द्रीय कार्यालय जाँदैछु ।’

२०४२ सालदेखि वाम राजनीतमा सक्रिय शाही एमालेका केन्द्रिय सदस्य छन् । उनी ०५६ सालमा मुगुबाट प्रतिनिधिसभा सदस्य भएका थिए । अहिले सभामुख बन्ने उदेश्यले प्रदेशसभा सदस्य बनेका हुन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला