दुर्घटनाको क्षती युद्दको भन्दा पनि वढि – बालकृष्ण खांड

ZEN Travels

बुटवल  । नेपाली कांग्रेसका प्रभावसाली नेता तथा पुर्व मन्त्री वालकृष्ण खांणले सवारी दुर्घटनाको क्षती य्ुद्धको भन्दा पनि वढि भएकोले यसको न्यूनिकरणका लागि सामुहिक पहल आवश्यक भएको बताउनु भएको छ ।
उहांले पहिलो तथा दोस्रो विश्वयुद्ध मा भन्दा दैनिक वढि मानविय तथा अन्य क्षती भैरहेको भन्दै यसको न्यूनिकरणका लागि राज्यले तत्काल ध्यान पुर्याउनु पर्ने बताउनु भयो ।

संसद वैठक शुरु भएपछि यो विषयलाई आफुले सार्वजनिक महत्वको प्रस्तावका रुपमा दर्ता गराउने र सबैको ध्यानाकषर्ण गर्ने भन्दै यसबाट कोहि पनि पन्छिन नमिल्ने पनि बताउनु भयो । सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद वेल्वासेको अध्यक्षतामा भएको सुरक्षित यात्रा नामक पुस्तकको विमोचन तथा अन्तरत्रिया कार्यक्रममा  बोल्दै नेता खांणले बार्षिक रुपमा दुई हजार जना मानिसको मृत्यु हजार्रौ अंगभङ्ग र अरवौ क्षति हुने भएकोले यसको न्यूनिकरणको विकल्प नभएको धारण राख्नु भयो । उहांले दुर्घटनाका कारणले वार्षिक ४० अरव आर्थिक क्षती हुने भन्दै उक्त रकमले गौतम बुद्ध विमानस्थल जस्ता चारवटा विमानस्थल निमार्ण हुने पनि बताउनु भयो ।
उहांले स्थानिय प्रदेश तथा केन्द्र सरकारले पनि आम नागरिकहरुलाई सहभागि बनाएर यसलाई अभियानकै रुपमा अधिबढाउनु पर्ने बताउनु भयो ।

दुर्घटनाको ७० प्रतिशत कारण चालक भएको निश्किर्ष ट्राफिक प्रहरीको रिर्पोटले देखाएका लागि सार्वजनिक तथा निजि सवारी साधन चलाउने सबै चालकले सम्बेदनशिल हुनु पर्ने नेता खांणको भनाई रहेको छ ।

कार्यक्रममा प्रदेश सभासद वलदेश शर्मा पोख्रेल, नेपाल राष्ट्रिय ट्रक ट्याङकर व्यवसायी महासघका अध्यक्ष अर्जुन रानाभाट, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दघि खरेल, यातायात मजदुर व्यवसायी भलाई कोषका अध्यक्ष नारायाण भट्टराई, लोकराज पोख्रेल लगायतले बोल्दै दुर्घटना हुनुमा विभिन्न कारण भएको भन्र्दै सबै पक्ष मिलेर अघि बढेमात्र दुर्घटननहरु कम गर्न सकिने बताएका थिए ।
पश्चिमाञ्चल क्षेत्रिय ट्रफिक प्रहरी कार्यालय बुटवलका प्रमख कृष्णहरी शर्माले दुर्घटना न्यूनिकरणका लागि हरेक नागरिक जिम्मेबार भएर लाग्नु पर्ने भन्दै सबै पक्षको सहकार्यमा न्यूनिकरण गर्न सकिने बताउनु भयो ।
पुस्तकका प्रधान सम्पादक महेन्द्र पाण्डे, दल वहादुर भण्डारी, प्रकाश नेपाल लगायतले बोलेका थिए । सो अवसरमा विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला