खानेपानीका ५७ वटा आयोजना निर्माणाधिन ८ हजार घरमा एक घर एक धारा

ZEN Travels

रामकृष्ण लामिछाने
पर्वत ।

पर्वतमा चालु आर्थिक वर्षमा ५७ वटा साना ठुला खानेपानी आयोजना निर्माणको चरणमा रहेका छन् । जिल्लामा खानेपानीको पहुँच शत प्रतिशत पु¥याउने लक्ष्यका साथ ति आयोजना निर्माणाधिन अवस्थामा रहेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जानकारी दिएको छ । ति अयोजनाको काम पुरा गर्न साढे १० करोड वजेट रहेको छ । खानेपानीको चरम समस्या रहेका ग्रामीण क्षेत्रमा प्रायजसो आयोजना कार्यान्वयन भएको खानेपानी तथा सरसरफाई डिभिजन कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेलले जानकारी दिए । उनका अनुसार वारीवनी, फलेवास,रानीपानी, उराम र शंकरपोखरीमा ठु्ला आयोजना सञ्चालन हुँदैछन् । क्रमागत योजनामा ५७ वटा आयोजना रहेको उनले वताए ।

खानेपानी कार्यालयका अनुसार वारीवानीमा सहलगानीमा ठुलो खानेपानी आयोजना सञ्चालन भैरहेको छ । जुन आयोजना १२ करोडको लगानीमा केन्द्रिय कार्यक्रमवाट निर्माणाधिन छ । शंकरपोखरीमा २४ करोडको आयोजना टेण्डर आव्हान गर्ने चरणमा रहेको छ । फलेवास देविस्थानमा १५ सय घरधुरीमा खानेपानीको व्यवस्था गर्ने गरि १५ करोडको वहृत आयोजना सञ्चालन हुँदैछ । रानीपानी र वर्राचौरमा लिसेगैरा खानेपानी आयोजनाको काम हालै शुरु गरिएको छ ।

‘हाल पर्वतका ९२.०५ प्रतिशत नागरिकमा खानेपानीको पहुँच पुगेको छ,’डोटेलले भने,‘हामी चालु आर्थिक वर्षमा शत प्रतिशत पहुँच पुग्ने गरि काम गरिरहेका छौँ ।’ सबै नागरिकलाई खानेपानीको पहुँच पुराउने राष्ट्रिय लक्ष्य हासिल गर्न धमाधम आयोजना निर्माणको चरणमा रहेको डोटेलले वताए ।

‘एक घर, एक धारा’ अभियानबाट अहिलेसम्म ८ हजार घरमा खानेपानी सुविधा पुगेको कार्यालयले जनायो । अझै २ हजार घरमा चालु वर्ष ‘एक घर, एक धारा’ पुग्ने जनाइएको छ । सबैलाई खानेपानीको पहुँचमा पु¥याउन सरकारले यो कार्यक्रम शुरु गरेको हो । ‘पर्वतमा ३३ हजार घरधुरी रहेका छन् डोटेलले भने,’ ८ हजारमा यो अभियान अन्तर्गत खानेपानी पुगिसकेको छ । ‘यो वर्ष २ हजार घरमा पुग्ने हाम्रो लक्ष्य हो, उनले भने ।
लिफ्ट प्रविधि मार्फत खानेपानी आयोजना पनि केहि ठाउँमा सञ्चालनमा आएका छन् । विशेष गरि उच्च स्थानमा रहेका क्षेत्रमा यो प्रविधिको आयोजना सञ्चालनमा ल्याएको हो । ठुलीपोखरी, होश्राङदी र थापाठानामा लिफ्ट खानेपानी आयोजना सञ्चालनमा ल्याइसकिएको छ । तिनवाट आयोजनाले करिव २ हजार घर परिवार लाभान्वित भएको जनाइएको छ । शंकरपोखरी , उराम र होश्राङदीमा अहिलेपनि आकाशेपानी संकलन गर्ने घैटा प्रयोग गरिन्छ ।

पहाडी भूभाग रहेका कारण उच्च स्थानमा अहिलेपनि हिउँदका समयमा खानेपानीको समस्या रहेको छ । वढि समस्या रहेका क्षेत्रलाई यस वर्ष प्राथमिकता दिएर योजना सञ्चालन भएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनायो । २०६९ साल चैत्रमा खुल्ला दिशामुक्त जिल्ला घोषणा भएको पर्वत जिल्लामा खानेपानीकै कारण सरसफाइ प्रभावकारी वन्न सकेको छैन । स्थानीय तह कार्यान्वयन भएपछि खानेपानी र सरसफाईका योजना स्थानीय तहले पनि प्राथमिकता दिएका छन् । तर साना योजना वाहेक स्थानीय तहका ठुला योजना भने छैनन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला