दृष्टिबिहिन स्रोतकक्षामा कम्प्युटर सहयोग

ZEN Travels

पर्वत ।
सदरमुकाम कुश्मामा रहेको शिवालय माविको दृष्टिबिहिन स्रोतकक्षाका लागि कम्प्युटर सहयोग गरिएको छ । नेत्रहिन संघ बागलुङको पहल,दृष्टिविहिन सहयोग केन्द्र नेपाल र नविल फाउन्डेसनको आर्थिक सहयोगमा २ वटा कम्म्युटर हस्तानतरण गरिएको हो ।
दृष्टिबिहिन बिद्यार्थीहरुलाई कम्प्युटर शिक्षा सञ्चालन गर्न समस्या भएपछि विद्यालयको आग्रहमा सहयोग गरिएको दाताहरुले बताएका छन् । बिहिवार एक कार्यक्रमका बिच प्रतिनिधीसभा सदस्य पदम गिरीले कम्प्युटर हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै गिरीले शिक्षाको सबै बर्गको शिक्षामा पहुँच हुनुपर्ने बताए । हरेक नागरिकलाई शिक्षाको समान पहुँच अहिलेसम्म हुन नसकेको वताउँदै उनले सबैलाई शिक्षाको अवसर प्रदान गर्न आफ्नो तर्फ देखि सक्दो सहयोग गर्ने वताए । गिरीले जिल्लाका सबै विद्यालयमा युग सुहाउँदो शिक्षा दिने आफ्नो पाँच वर्षे कार्याकालको प्राथमिक योजना रहेको सु्नाए । कार्यक्रममा बोल्दै नेपाल नेत्रहिन संघका केन्द्रीय सदस्य राजेन्द्र दुलाल क्षेत्रीले सरकारले दृष्टीविहिनहरुका मुद्धामा ध्यान नदिएको भन्दै दुखेसो गरे ।
समारोहमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ईश्वर गिरी,प्रधानाध्यापक भुपेन्द्र चापागाई,नविल बैकं वागलुङ शाखाका प्रमुख लुजाराज भण्डारी,पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने लगायतले बोलेका थिए । सो कार्यक्रममा शिवालय मा.वि कक्षा १० का दृष्टिविहिन बिद्यार्थी ईन्द्र न्यौपानेले समसामायिक कविता बाचन गरेका थिए । नेपाल नेत्रहिन संघका केन्द्रीय सदस्य राजेन्द्र दुलाल क्षेत्रीको अध्यक्षता,बागलुङ नेत्रहिन संघका अध्यक्ष कुमार पुनको स्वागत र शिवालय माध्यामिक बिद्यालयका शिक्षक राजेन्द्र पहाडीको सञ्ंचालनमा कार्यक्रम समपन्न भएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला