नयाँ शक्तिको विधार्थी सङ्गठनमा चन्दाको पैसाले बियर भोज

ZEN Travels

काठमाडौं ।

‘नयाँ शक्ति विधार्थी संगठन’ मा बबाल भएको छ । वावुराम भट्टराइको नयाँ शक्ति पार्टी निकट विधार्थी सङ्गठन ‘नयाँ शक्ति विधार्थी संगठन’ को केन्द्रीय कार्यालयमा केही समय समय पहिले केहि युवाहरुले मदिरापान गरेको फोटो सामाजिक संजालमा सार्वाजनिक भएपछि संगठनभित्र उक्त, विषयले हंगामा मच्चाएको छ ।

एक साता पहिले काठमाडौंको शंकरदेव क्याम्पस अगाडी संगठनको कार्यालय खुलेको भनेर उक्त संगठनका केहि विधार्थीहरुले सामाजीक संजाल मार्फत जानकारी गराएका थिए । तर त्यसको भोलिपल्टै केन्द्रीय कार्यालयमा बियर भोज भएको तस्विर सार्वजनिक भएको थियो ।

विधार्थी संगठन, नेता तथा कार्यकर्ताहरु बिभिन्न बहानमा गरएिको चन्दा संकलनको रकम दुरुपयोग गर्ने गरेको चर्चा चलिरहेका वेला यस घटनाले झन् उक्त आरोपको पुष्टि गरेको छ ।

तर उक्त संगठनका केन्द्रीय अध्यक्ष भनिएका वावुश्याम गौतमले अखिल क्रान्तिकारीका पुर्वउपाध्यक्ष युवराज दाहालको फेसबुक स्ट्याटस माथि कमेन्ट गर्दै उक्त घरधनी द्वारा आफ्नो कार्यालय दुरुपयोग भएको स्विकार गरेका छन । तर मदिरापान गर्ने ब्याक्ति आफ्नो संगठनको नभएको उनको दावी छ ।-Bikram Pariyar

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला