पुर्नसंरचनाले पर्वतको व्यापारमा ओरालो–उकालो

ZEN Travels

रामकृष्ण लामिछाने पर्वत ।
कुश्मा बजारका व्यापारी निराश
पर्वत कुश्मा बजारको व्यापार अहिले खस्कीएको छ । ब्यापारीक दृशिष्टीकोणले कुश्मा बजारमा ब्यापार गरेर राम्रो आम्दानी गरी आफ्नो परिवार पालेका व्यापारी निराश जस्तै देखिन्छन् । उनीहरुले बिगतमा कुश्मा बजारलाई व्यापारीक रुपमा मुख्य केन्द्र पनि बनाएका हुन,तर अहिले पुर्नसंरचना पछि ब्यापारमा गिरावट आएको गुनासो गर्दछन ।

“मैले व्यापार गरेको बिस बर्ष बित्नै लाग्यो राम्रो आम्दानी गरे तर अहिले पुर्नसंरचना पछि व्यापार नै धरासय जस्तै भयो ” भन्छन एम.पि.ईलेक्टोनिक्स् र एम.पि स्टोर कुश्मा संचालन गरेका व्यापारी माधव पौडेल । उनका अनुसार बिस बर्षको ब्यापारीक अनुभवमा उनले करिव २ कारोडको व्यापार गरे । जव पुर्नसंरचना संगै गाउँ–गाउँमा सरकारी कार्यलयका कामहरु सुरु भए उनी जस्तै कुश्मा बजारमा ब्यापार गर्ने ब्यापारी निराश जस्तै देखिन्छन् ।

त्यस्तै पुर्नसंरचना पछि गाँउगाउँमा सरकारी कार्यलयको सेवा शुरु भए पछि नागरीकको चहलपहल गाउँ केन्द्रीत हुनु नै व्यापार घटनुको मुख्य कारण हो । पहिला पहिला यहाँ घरयासी सामानदेखि फुटकर किराना पसललाई आवश्यक पर्न सामान किन्नलाई नागरीक बजार आउने गर्थे तर अहिले गाँउगाउँमा केही आवश्यक कामकाज हुन थाले पछि बजारको चहलपहल घटेको सोझै अनुमान गर्न सकिन्छ ।

बैदेशिक रोजगारीमा गएर फर्केका पर्वत ठुलीपोखरीका दिपेन्द्र सुवेदीले अहिले कुश्माको शिवालय चोकमा किराना पसल संगै तरकारी पसल पनि संचालन गरेका छन । उनले पसल संचालन गरेको पनि झण्डै तीन बर्ष भयो । “अव बिदेशको मोह त्यागेर नेपालमै केही गरौ भन्ने सोच थियो अहिले त्यो पुरा नहोला जस्तै भयो” उनी दुखासो पोख्छन् । उनले थप्छन “पहिला पहिला व्यापार राम्रो थियो अहिले वजारमा कामकाजका लागि नागरीकहरु कमै आउने हुदाँ व्यापारमा गिरावट आयो ।”

व्यापर गरौला जिविकोपार्जन सजिलै होला भन्दै गाँउवाट ठुलो सपना बोकेर पर्वत मल्लाजका राजु सुवेदी पनि कुश्मा बजारमा आएका थिए । उनले संचालन गरेको किरानामा पनि बिगतमा धेरै ग्राहकहरु आउने गदर्थे तर अहिले उनलाई पनि पुर्नसंरचनाको चपेटाले असर गरेको अनुभव सुनाउछन् । यी त कुश्मा बजारमा ब्यापार व्यवसाय संचालन गरेका निरास प्रतिनिधी पात्र मात्रै हुन । उनीहरु जस्तै धेरै कुश्मा बजारमा व्यापार संचालन गरेका ब्यापारीहरु पुर्नसंरचना पछि निराश जस्तै छन ।

पर्वतको गाउँ–गाउँका व्यापारी खुशि

पुर्नसंरचना पछि गाउँमा प्रसाशनीक काम शुरु भए पछि पर्वतका गाउँ–गाउँका फुट्कर व्यवसाय पसल संचालन गरेका ब्यापारीको मुहारमा भने खुशियाली आएको पाईन्छ । फलेवास नगरपालीका अन्र्तगत साविक थापाठानामा ब्यापार संचालन गरेकी लीला कुवंरलाई पहिला पहिला ब्यापार नहुदाँ मुखमा माड लागे जस्तै थियो तर अहिले गाउँगाउँमा प्रसाशनीक कामले गति लिन थाले पछि ब्यापार पनि फस्टाएको छ । उनी भन्छिन “रोजगारीको शिलशिलामा श्रीमान भारतमा जानुपर्ने अवस्था थियो परिवार ठुलो भएकाले ब्यापार गरेर अर्थपार्जन गरौला भने ब्यापार नै थिएन पसलमा माखा धपाएर बसे अहिले पुर्नसंरचना पछि गाउँगाउँमा स्थानीयको चहलपहल र बिभिन्न कार्यलयमा काम गर्ने ब्यक्ति आउदाँ व्यापार पनि बढेको छ खुशि छु । उनी जस्तै गाउँ–गाउँमा व्यापार गरेर जिविकोपार्जन गर्ने ब्यापारीहरु अहिले खुशि देखिन्छन् ।
यसरी पुर्नसंरचनाका कारण पर्वत कुश्माको व्यापारमा गिरावट आउनाले ब्यापारमा धराशयको अवस्था छ भने गाँउगाउँमा ब्यापार बढनाले त्यहाँका व्यापारी र नागरीकमा खुशियाली छाएको देख्न सजिलै देखिन्छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला