कम्पम भागेका कैदीलाई थप कैद सजाय

ZEN Travels

सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोक जिल्ला अदालतले भूकम्पको समयमा भागेर फरार रहेका ९८ कैदीबन्दीलाई थप कैद सजायको फैसला सुनाएको छ । नागरिकमा समाचार छ ।

जिल्ला न्यायाधीश दीपक खनालको इजलासले भूकम्पका बेला भागेर अझै सम्पर्कमा नआउने ९फरार० कैदीबन्दीलाई भागे । भगाएको कसुरमा डेढी सजाय हुने फैसला सुनाएको हो ।

२०७२ बैशाख १२ को भूकम्पमा जिल्ला कारागारबाट २ सय १६ कैदीबन्दी भागेका थिए ।भूकम्पका कारण भवन क्षतिग्रस्त बनेको थियो । भूकम्प कम्पनसँगै भवन भत्कन थालेपछि खोजेको बेला सम्पर्कमा आउन भन्दै कारागार प्रशासनले नै उनीहरुलाई छोडेको थियो ।

अदालतको फैसलाअनुसार अदालतबाट ४ बर्ष कैद सजाय पाएका कसुरदारले तीन बर्ष भुक्तान गरी भागेकोमा बाँकी एक बर्ष कैदमा डेढी बढाई अर्थात थप ६ महिना कैद भोग्नुपर्नेछ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला