वडा अध्यक्षसहित आधा दर्जन हतियारधारी समूहद्वारा लुुटिएपछि…

ZEN Travels

काठमाडौं–

हतियारधारी समूहले मंगलबार राती रौतहटका एक जना वडा अध्यक्षसहित आधादर्जन मानिसलाई कुटपिट गरी नगद तथा सामान लुुटपाट गरेको छ । जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर–४ लालबकैया नदी किनार रहेको उखुुघारी छेउमा ६–७ जनाको संख्यामा रहेका हतियारधारीहरुले राती ८ बजे यादव सहितका स्थानीयलाई लुुटपाट गरेको हो ।

कटहरिया बजारबाट घरतर्फ मोटरसाईकलमा गइरहेका मौलापुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष रामप्रवेश यादवको नगद, मोबाईल तथा सामान हतियारधारीहरुले लुुटपाट गरेको प्रहरीले जनाएको छ ।नलकटुुआ पेस्तोल र धारिलो हतियार सहित उखुुघारीमा लुुकेर बसेका लुटेराहरुले आफूसँग भएको ४ हजार नगद र एकथान मोबाइल लुुट्नुका साथै कुटपिट समेत गरेको वडा अध्यक्ष रामप्रवेस यादवले बताए ।

त्यस्तै मौलापुर नगरपालिका वडा २ का भरोसी यादवको ८ हजार नगर तथा छोरीको बिहेको लागी ल्याएको कपडाहरु लुुटेको अध्यक्ष यादवले जानकारी दिए । सोही बाटो भएर गइरहेका स्थानिय ब्यापारी चुुनचुुन साह, गुुुलाब मिया राजाबाबुु जयसवाल लगायतका मानिसलाई लुटेराहरुले कुटपिट गरी लुुटपाट गरेको जिल्ला प्रहरी प्रमुख एसपी यज्ञ बिनोद पोखरेलले जानकारी दिए ।

घटनालगतै सन्तपुर दोस्तिया बाट गएका प्रहरी र मौलापुर नगरपालिका–१ मर्यादपुरका गाँउलेहरुले घटनास्थल वरपरबाट शंकास्पद ४ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका चारै जनालाई राती नै जिल्ला प्रहरी कार्यालय गौर पठाईएको प्रहरीले जनाएको छ ।

यसबारे आवश्यक अनुुसंधान भइरहेको एसपी पोखरेलले जानकारी दिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला