दैनिक एक अर्ब ८९ करोड रेमिटेन्स भित्रिन्छ

ZEN Travels

काठमाडौं ।

विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक एक अर्ब ८८ करोड ८८ लाख रुपैयाँ स्वदेशमा पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नागरिकमा समाचार छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा तीन अर्ब ४० करोड रुपैयाँ औपचारिक माध्यमबाट भित्रेको छ ।

गत वर्ष दैनिक एक अर्ब ९० करोड ४१ लाख रुपैयाँ औपचारिक माध्यमबाट भित्रेको थियो । गत आर्थिक वर्ष ०७३।७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो । विदेश जाने नेपालीको संख्या घटेका कारण पछिल्लो समय रेमिटेन्स वृद्धिदरमा कमी आएको बताइन्छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला