पर्वतमा फेवा चौतारी

ZEN Travels

रामकृष्ण लामिछाने,पर्वत ।
पर्यटन,संस्कृति,खेलकुद क्षेत्र विकासमा सहयोग पु¥याउन संचालित फेवा चौतारी पर्वतमा आएको छ ।पोखरावाट संञ्चालित फेवा टेलिभिजनले प्रदेश ४ को कला,संस्कृति प्रवृद्दन गर्ने उदेश्य राखेको टेलिभिजन स्टेश्न म्यानेजर हेमराज अधिकारीले बताए ।‘हाम्रो फेवा चौतारी कार्यक्रमवाट प्रदेश ४ चिनाउने मुख्य लक्ष्य हो’उनले भने,‘हामी पर्वतको कुस्मा,चित्रेको होमस्टे,फलेवासका क्षेत्रमा पुगेर पर्वतको प्रचार गर्छौ ।’
पर्वत पर्यटन पर्बद्धन केन्द्रको मुख्य प्रायोजनमा कार्यक्रम पर्वत भित्रिएका हो ।‘यो मनोरञ्जनात्म मात्रै होइन,ठाँउको परिचय दिने कार्यक्रम हो’पर्वत पर्यटन प्रर्बद्दन केन्द्रका अध्यक्ष शिव शर्मा पौडेलले भने,‘यो फेवा चौतारी मार्फत प्रदेश ४ को पर्वत जिल्लालाई थप चिनाउने प्रयास हो ।’यो कार्यक्रम हरेक शुक्रवार पोखराको फेवा टेलिभिजनको पर्दावाट प्रसारण हुदै आउको छ ।
फेवा चौतारीमा दोहोरी मार्फत पर्वतको बारेमा मनोरञ्जन दिदै प्रचार गर्ने काम गर्छ ।‘यो कार्यक्रम निकै सान्र्दभीक लाग्यो’कुश्मा नगरपालीकाकी उपमेयर सिता काफ्ले लामिछानेल भनिन्,‘संघियता संगै प्रदेशीक स्तरमा मुलुक संचालन हुदै गर्दा पर्वतमा प्रदेश ४ को प्रतिनिधीत्व हुनु एउटा प्रदेशीक अभ्यास हो ।’
फेवा चौतारी कार्यक्रम पर्वतमा भित्राउने अभियानमा पर्वत पर्यटन प्रर्बद्दन केन्द्र मुख्य रुपमा सक्रिय थियो । चौतारीलाई जिल्ला स्थीत सिसेफ नेपालले व्यवस्थापन गरेको हो,भने सिसेफ नेपाल महिला समुह कुश्मा,पर्वत मिलन महिला समुह कुश्मा,ताजा तरकारी उत्पादक कृषि समुह कटुवाचौपारीले सहयोगी भुमिका निवार्ह गरेका हुन । चौतारीमा जिल्ला स्थीत जनप्रतिनिधीहरु,राजनितीज्ञ,शिक्षाबिध,पत्रकार,संचारकर्मी,समाजिक अभियमनताको सहभागिता थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला