अनमोलको ‘कृ’ यहि मार्च १८ मा बार्सिलोनामा प्रदर्शन हुदै

ZEN Travels

                       स्वीटजरल्याण्ड । नायक अनमोल केसी र नायिका अदिती बुढाथोकीको अभिनय रहेको चलचित्र  ‘कृ’ स्पेनमा रहेको साथि संग मनका कुरा ग्रुपले यहि मार्च १८ तारिख बार्सिलोनामा   देखाउने  भएको छ।
                         ग्रुपका अध्यक्ष सोनु राउतका  अनुसार चलचित्र स्पेनमा  नेपालीहरुको मूल बसोवास रहेको सहर बार्सिलोनामा  ‘ कृ ‘  सिनेमा   देखाइने भएको हो  । यसको टिकट दर १० युरो राखिएको छ भने काइया देल रोसेलो १८१ मा साँझ ४:३० बजे समय तोकिएको छ  ।
                                चलचित्रको प्रथम आकृतिमा नायक अनमोल केसी लामो कपाल पालेर मुठभेड (एक्सन )अवतारमा देखिएका छन् । अनमोलले यो चलचित्रका लागि शरीर बनाउन निकै मिहिनेत गरेका थिए । अनमोलको यस्तो अवतार यस अगाडिको चलचित्रमा देखिएको थिएन । नेपाली चलचित्रमा प्रेमी केटाको रुपमा परिचित अनमोल यो चलचित्रबाट भने युद्ध नायकको रुपमा उदाएका छन् ।
                                   द सुपर काजोल फिल्मस् को प्रस्तुती रहेको चलचित्रमा सुवास गिरी र भूवन केसीको लगानी छ। कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह-निर्माता श्री पराजुली हुन् ।
                         चलचित्रमा कथा, सम्पादन र निर्देशन सुरेन्द्र पौडेलको छ । चलचित्रमा चन्द्र पन्तको एक्सन, अल्मोडा राना उप्रेती र विशेष श्रेष्ठको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद, रेनशा वान्तवा राइको नृत्यकला छ । चलचित्रका निर्माण चित्रकार (प्रोडक्शन डिजाइनर) शंकर पाण्डे हुन् ।
                          उक्त चलचित्र व्यवसायिक मुनाफाको लागि नभएर नेपालमा रहेका अनाथ बालबालिकाको सहयोगार्थको लागि  चलचित्र प्रदर्शन गर्न लागिएको र उक्त शोबाट संकलन हुने रकम अनाथ बालबालिकालाई  प्रदान गर्ने समाजसेबी तथा साथि संग मनका ग्रुपका सदस्य रोशन पाठकले जानकारी दिनुभयो   । थप जानकारीका लागि स्पेनमा रहेका समाजसेबी तथा ग्रुपका पदाधिकारी सोनु राउत ( ६१२२११५६३ )  , दावा ऋषि श्रेष्ठ ( ६६०४२५४०७ ) , शालिकराम डुम्रे ( ६६२१९४६१८ ) , गोपाल रेग्मी ( ६८८२७६३०३ ) , सन्तोष श्रेष्ठ ( ६३२१९२०८० ) , दिपक खरेल ( ६३५२३४१०७ ) , बिष्णु रिजाल ( ६०९३१८४७८ ) र राज खनाल ( ६३२२०४९६०  ) संग सम्पर्क गर्न सक्नु हुने छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला